४ आश्विन २०८१, शुक्रबार

जल उपभोक्ता कार्यालयको उद्घाटन



सुखड । कैलालीको घोडाघोडी नगरपालिका–८ मा रहेको रामफल जल उपभोत्ता समितिको कार्यालयको शुक्रवार उद्घाटन भएको छ ।
कार्यालयको भूमिगत जलस्रोत विकास समितिका इन्जिनियर भोला शाहले एक कार्यक्रमबिच उद्घाटन गरे ।
कार्यक्रम समितिका अध्यक्ष मनराज उपाध्यायको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा घोडाघोडी जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्रबहादुर शाही, भवानीप्रसाद तिवारी, मैनापोखरी जल उपभोक्ता समितिका सचिव उज्ज्वलसिंह बोहरा लगायतको उपस्थिति रहेको थियो ।
२०७२ सालबाट सञ्चालनमा सो आयोजनाबाट ६० बिघा जमिन सिञ्चित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार