१२ श्रावण २०८१, शनिबार

पोल्ट्री तथा माछामासु व्यवसायी सङ्घको अनुगमन



धनगढी । पोल्ट्री तथा माछा मासु व्यवसायी सङ्घको अगुवाइमा आइतबार धनगढीमा संयुक्त बजार अनुगमन गरिएको छ ।
धनगढी बजारमा रहेका अधिकांश मासु पसलमा आइतबार अनुगमन गरिएको सङ्घका अध्यक्ष जीतेन्द्र यादवले जानकारी दिए ।
अनुगमन टोलीमा धनगढी उपमहानगरपालिका, त्रिनगर प्रहरी चौकी तथा किसानहरूको सहभागिता रहेको थियो ।
अनुमगन टोलीले धनगढी वडा नम्बर १, २, १३ नम्बर घाट, मिलन चौक, बसपार्क लगायत बजारको अन्य क्षेत्रमा अनुगमन गरेको उनले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार धनगढीका माछामासु पसल अव्यवस्थित रहेको पाइएको बताए । उनले व्यवस्थितको लागि सल्लाह सुझाव दिनुका साथै दोस्रो पटक अनुगमनमा अव्यवस्थित फेला परेमा कानुन बमोजिम कारबाही समेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार