१० श्रावण २०८१, बिहीबार

सगरमाथा डिपिएलको खेलतालिका सार्वजनिक



धनगढी  ।  सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग (डिपिएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मङ्गलवार खेल तालिका प्रकाशित गरेको छ ।
खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र वसन्त रेग्मी नेतृत्वको काठमाडौँ गोल्डन्सबीच खेल हुने छ ।
त्यसअघि चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बिच च्यारिटी खेल हुने छ ।
खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।
त्यस्तै, प्रतियोगितामा २८ गते शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिकबीच खेल हुने छ । २९ गते बिहान शरद भेषवाकर नेतृत्वको विराटनगर किङ्गस र पारस खड्का नेतृत्वको टिम चौराहबीच खेल हुने छ । प्रतियोगिताको फाईनल वैशाख ९ गते हुनेछ ।

 

खेल तालिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार