११ श्रावण २०८१, शुक्रबार

श्रद्धाञ्जली सभा



धनगढी  । सहिद गोविन्द गौतमको १३ औँ पूण्यतिथिको अवसरमा मङ्गलवार कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा गरिएका छन् ।
तेह्रौ पुण्यतिथिको अवसरमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता लगायत स्थानीयले पुनर्वास–८, आनन्दबजारमा श्रद्धाञ्जली सभा गरे ।
सो अवसरमा कृषिमन्त्री गौरीशंकर चौधरीले शहीद गौतमको फोटोमा माल्यापर्ण गरेका थिए । मन्त्री चौधरीले शहीद गौतमको परिवार लगायत उनका वालवच्चाको शिक्षादिक्षाको सरकारले ग्यारेन्टी गरिसकेको बताए ।
कृषिमन्त्री चौधरीले माओवादी केन्द्रको तर्फबाट शहीद परिवारका लागि तत्काल छ लाख रुपैयाँ राहत उपलब्ध गराउने जानकारी दिए ।
यता, धनगढीमा दाह्री ग्याङ्गले पार्क मोडमा दीप प्रज्ज्वलन गर्दै १३ औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कैदीबन्दीबाट शहीद गौतम परिवारलाई सहयोग
शहीद गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोग स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
दुई साताअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट मृत्यु भएका सहिद गौतमको परिवारलाई २५ हजार र सोही आक्रमणमा घाइते भएका टीकाराम चापागाईको उपचारका लागि आठ हजार चार सय १४ रुपैयाँ प्रदान गरिएको मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टमार्फत सो रकम प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार