१२ श्रावण २०८१, शनिबार

राप्रपाद्वारा चुनावी कार्यक्रम



धनगढी  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा चुनाव चिन्ह सार्वजनिक गरेको छ । शनिवार ६ वटै निर्वाचन क्षेत्रमा राप्रपाले आफ्नो चुनाव चिन्ह सार्वजनिक गरेको थियो ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणपछि ‘गाई’ चुनाव चिन्हलाई नै राप्रपाले राखेको छ ।
धनगढीमा चुनाव चिन्ह सार्वजनिक गर्ने कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजेश भण्डारी, नगर संयोजक रोम स्वाँर, जिल्ला नेता जनक कुँवर लगाउतले मन्तव्य व्यक्त गरेका थिए ।
राप्रपाका क्षेत्रीय संयोजक सन्तराम रानाको अध्यक्षतामा भएको कार्यक्रमको नेता लालबहादुर शाहीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार