१२ श्रावण २०८१, शनिबार

गाउँपालिका संरचना हस्तान्तरण



धनगढी  ।  वल्र्डभिजन इन्टरनेशनल नेपालबाट कैलालीको पश्चिम क्षेत्र विकास कार्यक्रमको शुक्रवार एक कार्यक्रमबिच चुरे गाउँपालिका (साविक सहजपुर गाविस) बिदाइ तथा संरचना हस्तान्तरण कार्यक्रम भएको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालबाट सञ्चालित परियोजना फेज आउट भएपछि संस्थाले बिदाइ तथा संरचना हस्तान्तरण गरेको जनाएको छ । संस्थाले कैलालीको पश्चिम क्षेत्र चुरे गाउँपालिका (साविकको सहजपुर गाविस) मा सन २००१ देखि परियोजना लागु गरेको थियो । सो गाविसमा शिक्षा, मातृ स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन परियोजना लागु भएको थियो । यी परियोजनाहरू सन २०१७ मार्चमा फेज आउट भएको थियो ।
संस्थाले शिक्षा परियोजना र विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि भवन निर्माण, मर्मत तथा संभार, फर्निचरमा सहयोग, बाल विकास केन्द्रको सहजकार्तालाई बाल विकास व्यवस्थापन तालिम, बालमैत्री शिक्षण सिकाई, गरिब बालबालिकालाई शिक्षामा सहयोग गरेको जनाइएको छ ।
यस्तै, मातृ स्वास्थ्य तथा सरसफाई परियोजना अन्तर्गत गाविसमा शौचालय निर्माणमा सहयोग, गाउँघर क्लिनिक निर्माण र सञ्चालनमा सहयोग, खुला दिसामुक्त क्षेत्र घोषणामा सहयोग, व्यवस्थित खानेपानी प्रणालीमा सहयोग गरेका थियो ।
यस्तै, जिविकोपार्जन परियोजना अन्तर्गत कृषकलाई उच्च मूल्यको बाली सम्बन्धी तालिम, व्यवस्थित पशुपालन प्रविधि सम्बन्धी तालिम, कृषि तालिम, सहकारीको क्षमता अभिवृद्धिमा सहयोग लगायत क्रियाकलाप गरेको जनाइएको छ ।
शुक्रवार एक कार्यक्रमबिच वल्र्डभिजन इन्टरनेशनल नेपालका एलपिए म्यानेजर धु्रब गुर्माछानले चुरे गाउँपालिकाका प्रतिनिधि मणिरत्न अम्मेलाई संरचना हस्तान्तरण गरेका थिए ।
एलपिए म्यानेजर गुर्माछानको अध्यक्षतामा भएको कार्यक्रमको बयला उमाविका अध्यक्ष प्रेम सुर्जाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सिविओ विकास केन्द्रका चम्फी चौधरी, जनजागृति सामुदायिक वनका अध्यक्ष नरबहादुर तमाङ, सामुदायिक वनका अध्यक्ष गोपाल शाह, ग्वासी निमाविका अध्यक्ष कृष्णबहादुर कडायत लगायतले मन्तव्य व्यक्त गरे ।
वल्र्डभिजन इन्टरनेशनल नेपालका स्वास्थ्य प्राविधिक संयोजक खगेन्द्र भट्टले स्वागत गरेका थिए भने सिवीओ विकास केन्द्रका कार्यक्रम संयोजक ज्ञानु तिवारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार