६ कार्तिक २०८१, मंगलवार

सगरमाथा डिपिएलमा गोल्डस्टार पनि जोडियो



धनगढी  ।  सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग क्रिकेट प्रतियोगितामा सहायक प्रायोजकका रूपमा किरण सु म्यानिफेक्चररको उत्पादन गोल्डस्टार सु जोडिएको छ ।
शुक्रवार काठामाडौंमा एक समारोहबीच धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण सु म्यानिफेक्चररका निर्देशक विदुषी राणाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार सहायक प्रायोजकका रूपमा कम्पनीले धनगढी क्रिकेट एकेडेमीलाई पाँच लाख रुपैयाँ बराबरको सहयोग गर्ने सहमति भएको निर्देशक राणाले बताइन् ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग आगामी चैत्र २७ देखि वैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमले भाग लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार