११ श्रावण २०८१, शुक्रबार

सामाजिक परिचालकसंग छलफल



धनगढी  ।  सुरक्षित वैदेशिक रोजगारका लागि कैलाली जिल्लाका स्थानीय शासन तथा समुदाय विकास कार्यक्रम (एलजिसिडिपि) का समाजिक परिचालकहरूसंग छलफल गरिएको छ ।
सृजनशील समाजको सृजना (सिसिएस) द्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा बुधवार सामाजिक परिचालकहरूसंग सो विषयमा छलफल गरिएको हो । वैदेशिक रोजगारका समस्या र त्यसलाई निकारण गर्न स्थानीय निकायका सामाजिक परिचालकले खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको थियो ।
सो क्रममा सामी परियोजनाको गतिविधि र प्रगतिबारे प्रस्तुत गर्दै परियोजनाका कार्यक्रम संयोजक दीपेन्द्रबहादुर भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी लगायतका समस्या समाधान गर्न सामाजिक परिचालकहरूको ठुलो भूमिका हुने बताए । उनले सामाजिक परिचालकले गाउँ गाउँमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई सही सूचना दिनुका साथै उनीहरू र वैदेशिक रोजगारमा कारण कुनै पनि समस्यामा परेका व्यक्तिहरूलाई परियोजनाद्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रसम्म पुर्‍याएर समस्या समाधान गर्न सहयोग गर्न सक्ने बताए । उनले सामाजिक परिचालनबाट वैदेशिक रोजगारका क्रममा पीडित परिवारले क्षतिपूर्ति पाउनुका साथै सरकारबाट पाउने सेवा सुविधा पनि पाएको बताए ।
यस आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम गर्नका लागि स्थानीय निकायहरूले समेत स्थानीय तहमा बजेट विनियोजन गरेका छन् । सामाविकको धनगढी उपमहानगरपालिका वडा नं. २० ले ३७, गोदावरी गाविसले ५५, चौमाला गाविसले ३०, दोदोधरा गाविसले ५०, दुर्गौली गाविसले १० हजार गरी कुल दुई लाख ३२ हजार रुपैयाँ वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम गर्नका लागि बजेट छुट्याइएको छ । त्यसै गरी, लम्कीचुहा नगरपालिकाले लक्ष्यित वर्ग कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम गर्न सकिने भनी प्रतिबद्धता जनाएको कार्यक्रम संयोजक भण्डारीले बताए । उनले स्थानीय तहबाट बजेट बिनियोजन गरी वैदेशिक रोजगार
सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि भूमिका निर्वाह सामाजिक परिचालकहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार