११ श्रावण २०८१, शुक्रबार

झन्डै चार किलो अफिमसहित एक पक्राउ



धनगढी । कैलालीमा झन्डै चार किलोग्राम लागुऔषध अफिम सहित एक जना पक्राउ परेका छन् ।

आइतबार बर्दगोरिया गाउँपालिका (साविक कोटातुल्सीपुर गाविस २) मुडाबजारबाट तीन किलो ७ सय ग्राम लागुऔषध अफिमसहित बाजुरा रुगिन ४ घर भई हाल बाँकेको कोहलपुरमा बस्दै आएका ३७ वर्षीय बिर्ख कार्की पक्राउ परेका हुन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले कार्कीलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा भारत पैठारी गर्न लागेको अवस्थामा आरआइटीको टोलीले कार्कीलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव निरीक्षक लोकराज भट्टले बताए ।

सेतो हेरोइनको कच्चा पदार्थको रूपमा लिइने अफिमको नेपाली बजार मूल्य डेढदेखि २ लाख प्रतिकेजीसम्म हुने गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि अफिमसहित इलाका प्रहरी कार्यालय सुख्खडमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार