६ कार्तिक २०८१, मंगलवार

एसएसबीको गोली लागेर मृत्यु भएका गौतमको आइतबार अन्त्येष्टि हुने



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजारमा नेपाली र भातीय पक्षको झडपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएका नेपाली युवा गोविन्द गौतमको शनिबार पोस्टमार्टम भएको छ ।

शव पोस्टमार्टम पछि आइतबार विहान उच्च सम्मानका साथ गौतमको अन्त्येष्टि गरिने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यसअघि आफन्तहरुले सरकारले सहिद घोषणा गरेको तथा क्षतिपूर्ति दिने सम्बन्धमा प्रमाण प्राप्त नभएको भन्दै गौतमका आफन्तले शवको बुझ्न मानेका थिएनन् । जसकारण पोस्टमार्टम गर्न केही ढिला भएको थियो ।

स्थानीय प्रशासनसँगको छलफल पछि गौतमका आफन्तहरु पोस्टमार्टम गर्न राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार