१२ श्रावण २०८१, शनिबार

पत्रकार महासङ्घ कैलालीको पदस्थापन



धनगढी  ।  नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कैलालीको नवौँ अधिवेशनबाट चयन भएका कार्यसमितिको बिहीबार पदस्थापना गरिएको छ । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष भरत शाहले नव निर्वाचित अध्यक्ष जगत साउँदलाई बैठक पुस्तिका हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अधिवेशनका मुख्य निर्वाचन अधिकृत हरि रेग्मीले विजयी सबै कार्यसमिति पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्षदलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष जगत साउँदले सबै पत्रकारलाई समेटी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी केशबप्रसाद बिमली, अग्रज पत्रकार घनबहादुर शाह, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानी ऐर, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँर, कर्ण शाह, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव भिष्मराज ओझा, प्रेस चौतारीका केन्द्रीय सचिव हेमकर्ण बिक, प्रेस सेन्टरका केन्द्रीय सदस्य दुर्गा भण्डारी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य सुशील ढुंगाना, वानका केन्द्रीय उपाध्यक्ष गोविन्द रोस्यारा, राष्ट्रिय छापा सञ्जालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र रावल, सञ्चारिका समूह सुदूरपश्चिम संयोजक दुर्गा देवकोटा, सुप बस व्यवसायी समितिका अध्यक्ष टेकराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगपति
ओमप्रकाश अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष श्याम टायल, धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । पत्रकार कपिल भट्टले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष टंक कुँवरले स्वागत गरेका थिए ।

 

सम्बन्धित  थप समाचार

पत्रकार महासङ्घमा साउँद समूह विजयी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार