१२ श्रावण २०८१, शनिबार

सिलाईकटाई तालिम सुरु



धनगढी ।  उत्पीडित महिला कृषि सहकारी संस्था लिमिटेड अत्तिरया–८, बल्मीको आयोजनामा ४५ दिने सिलाईकटाई तालिम सुरु भएको छ ।
अत्तरिया नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा संस्थाका १६ जनाको सहभागिता रहेको छ । नगरपालिका कार्यालय कार्यकारी अधिकृत मोहनप्रसाद मरासैनीले उद्घाटन गरेको कार्यक्रम संस्थाका अध्यक्ष सर्मिला चनाराको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा समाजसेवी मानबहादुर विक, सेवक नेपालका रत्ना कडायतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सचिव सुशीला नेपालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रबन्धक निर्मला विसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार