११ श्रावण २०८१, शुक्रबार

एमपी कप :  वडा नम्बर २० विजयी



धनगढी  ।  एमपी कप फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका वडा नम्बर २० ले जितेको छ ।
सोमबार धनगढी रङ्गशालामा भएको उपाधि भिडन्तमा वडा नम्बर १ लाई ४–० ले पराजित गर्दै वडा नम्बर २० ले नगद ५१ हजारमाथि कब्जा जमाएको हो । सासद पुष्करनाथ ओझाको परिकल्पनामा सुरु भएको एमपि कप अन्तर्गतको फुटबलमा वडा नम्बर २० लाई च्याम्पीयन बनाउन बादल पाख्रीन नायक बन्दै उनले ह्याट्रिक गरे ।
पहिलो हाफको २४ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका उनले दोस्रो हाफको ७० औँ र ८० औँ मिनेटमा गोल थप्दै ह्याटिूक गरे । सानदार जितमा सुन्दर घिसिङले दोस्रो हाफको ५३ औँ मिनेटमा एक गोल गरे । वडा नम्बर १ ले पाएका मौकाहरू सदुपयोग गर्न नसक्दा एक गोल पनि फर्काउन सकेन् । उपविजेतामै चित्त वुझाएको वडा नम्बर १ ले नगद २५ हजारमा चित्त वुझायो ।
फागुन ७ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा वडा नम्बर १ का दिपेन्द्र बुढा उत्कृष्ट रक्षक, वडा नम्बर १ कै भिष्म भाट उत्कृष्ट खेलाडी, वडा नम्बर २० का तिर्थ कार्की उत्कृष्ट गोलरक्षक र प्रतियोगितामा १० गोल गरेका वडा नम्बर २० का वाद पाखूीन सर्वाधिक गोलकर्ता भए । उनीहरू सबैलाई नगद ५ हजार सहित पुरस्कार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार