११ श्रावण २०८१, शुक्रबार

स्ववियू निर्वाचनका लागि कैलालीका १७ क्याम्पसमा उम्मेदवारी दर्ता



धनगढी  ।  फागुन १८ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि कैलालीका १७ वटा क्याम्पसहरूमा विद्यार्थी संगठनका तर्फबाट शनिबार उम्मेदवारी दर्ता भएका छन् ।
कैलाली बहुमुखी क्याम्पस धनगढीमा सभापतिका उम्मेदवार अनेरास्ववियूका चुडामणि भट्ट, नेविसंघका गुरुदेव केसी ‘सुमन’, अखिल क्रान्तिकारीका घनश्याम भट्टको समूहको उम्मेदवारी परेको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघका गजेन्द्रविक्रम शाही, अनेरास्ववियूका दीपक रेग्मी सभापति रहेको प्यानलको उम्मेदवारी परेको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा नेविसंघका तर्फबाट सभापतिमा दिनेश पाठक, अखिल क्रान्तिकारीका महेश विष्टको समूहको उम्मेदवारी परेको छ ।
फूलबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका लक्ष्मण गिरी, नेविसंघका जयराज जोशीको समूहको उम्मेदवारी परेको छ । मालिका बहुमुखी क्याम्पस चौमालामा अनेरास्ववियूका महेन्द्र भण्डारी, नेविसंघका किरण मल्ल र अखिल क्रान्तिकारीका प्रकाश आचार्यको समूहको उम्मेदवारी परेको छ ।
लम्की बहुमुखी क्याम्पसमा नेविसंघका ललित जैसी, अनुरास्ववियूका सुरेन्द्र थापा, अखिल क्रान्तिकारीका कोमल देवकोटाको समूहको उम्मेदवारी परेको छ । रघुनाथ बहुमुखी क्याम्पस बौनियामा अनेरास्ववियूका सिद्धराज जोशी, नेविसंघका घनश्याम बमको समूहका उम्मेदवारी परेको छ ।
मोहन्याल बहुमुखी क्याम्पस भजनीमा अनेरास्ववियूका राज बूढा, नेविसंघका जीवन जैसी, क्रान्तिकारीका भुवन चौधरीको उम्मेदवारी परेको छ । घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा अनेरास्ववियूका भरत सापकोटा, नेविसंघका नारायण आचार्य, अखिल क्रान्तिकारीका जीवन विसीको उम्मेदवारी परेको छ । बुलबुले बहुमुखी क्याम्पस पहलमानपुरमा अनेरास्ववियूका अमित बोगटी, नेविसंघका कलक शाहीको समूहको उम्मेदवारी परेको ती संगठनका नेताहरूले जानकारी दिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) विप्लव नजिको अखिल (क्रान्तिकारी), विद्यार्थी मञ्च, विद्यार्थी फोरम लोकतान्त्रिक गरी ८ ओटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षमा पदमा अनेरास्ववियूका तर्फबाट सुरेशप्रसाद शर्मा, सचिवमा कृष्णा चौधरी, कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थीका तर्फबाट तर्कराज खनालको उम्मेदवारी परेको छ ।
नेविसंघको तर्फबाट अध्यक्षमा राजीव ओझा, सचिव धनराज कट्टेल, कोषाध्यक्ष हिराकुमारी चौधरी, माओवादी केन्द्रको अखिल (क्रान्त्रिकारी) का तर्फबाट अध्यक्षमा चक्रबहादुर विष्ट, सचिवमा नारायण कुश्मी, कोषाध्यक्षमा मनिषा ढुंगानाको उम्मेदवारी परेको छ । मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्षमा कृष्णकुमार डगौरा, सचिवमा सुजारिका महत्तो, कोषाध्यक्षमा रामजीवन चौधरीको उम्मेदवारी परेको छ । सदस्य पदको लागि खुल्लातर्फ ४१ जनाले उम्मेदवारी दिएका टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।
वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी यूनियन, र थारू विद्यार्थी एकता समाज गरी सात विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा नेविसंघका धनञ्जयप्रसाद रिमाल, सचिवमा रामफल चौधरी, कोषाध्यक्षमा ओसिन स्वाूर, अनेरास्ववियूका तर्फबाट अध्यक्षमा भूमिका शाही, सचिवमा अखिल छैटौंका सुरेश चौधरी, कोषाध्यक्षमा अनेरास्ववियूका दीपेन्द्रकुमार चौधरी, अखिल (क्रान्तिकारी)का गीता चौधरी, सचिवमा आयुषा चौधरी, कोषाध्यक्षमा दीपक विकको उम्मेदवारी परेको छ । मधेशी विद्यार्थी फोरम (लोकतान्त्रिक)का तर्फबाट अध्यक्ष राजाराम चौधरी, सचिवमा मीना चौधरी, कोषाध्यक्षमा भुवनकुमार कठरियाको उम्मेदवारी परेको छ ।
खप्तड बहुमुखी क्याम्पस मसुरियामा अनेरास्ववियुले दिनेश कलेलको नेतृत्वमा सचिव चन्द्रा लामा र कोषाध्यक्षमा गंगा सिराडी सहितको प्यानल दर्ता गरेको छ । नेबिसंघले अध्यक्ष दीपक साउँद, सचिव टेकराज ओझा र कोषाध्यक्षमा कलावति ऐरको उम्मेदवारी दर्ता गरेको छ । अखिल क्रान्तिकारीले अध्यक्षमा निलकुमारी चौधरी, सचिव प्रेम चौधरी र कोषध्यक्षमा पवित्रा चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा कलाकुमारी साउँद, सचिव वीरबहादुर चौधरी र कोषाध्यक्षमा जयन्ती चौधरीको प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार