१२ श्रावण २०८१, शनिबार

शैक्षिक अवलोकन



धनगढी  ।  कैलालीका छ विद्यालयका विद्यालयस्तरीय बाल क्लबहरूका लागि सरसफाई सम्बन्धी शैक्षिक अवलोकन भ्रमण बिहीबार गराइएको छ ।
सरसफाईकै नमुना विद्यालयका रूपमा रहेको झालारी–पिपलाडी नगरपालिका–३, जोनापुरस्थित जनता निम्न माध्यमिक विद्यालयमा कैलालीको थापापुरका तीन र जोशीपुरका तीन विद्यालयलाई भ्रमण गराइएको हो ।
युएस एडको आर्थिक सहयोगमा सेवक नेपाल कैलालीले कैलालीका सामुदायिक विद्यालयमा सुधार
ल्याउन सकिन्छकी भन्ने उद्देश्यले सो विद्यालयको अवलोकन गराइएको सेवक नेपालका तालिम अधिकृत मनोज पौडेलले बताए ।
थापापुरको सरस्वती उमावि, जनजागृति निमावि, राष्ट्रिय मावि, थापापुरका राष्ट्रिय मावि, मोहन्याल मावि र जनजागृति निमाविका विद्यालयका बाल कलवका पदाधिकारी, प्राचार्य, व्यवस्थापन समितिका सदस्यको सहभागिता रहेको थियो ।
विद्यालयको अवलोकन गरिसकेपछि राष्ट्रिय माविकी प्रअ भगिरथी चौधरीले विद्यालयको सरसफाई, व्यवस्थापन राम्रो भएको बताइन् । उनले आफूले पनि विद्यालयलाई सरसफाईमै नमुना बनाउने प्रयास गरे पनि अभिभावकको साथ नपाउँदा समस्या भइरहेको बताइन् ।
सरस्वती उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलकिशोर घिमिरेले विद्यालयलाई राम्रो बनाउन सबैको साथ आवश्यक रहेको बताए ।
अवलोकन भ्रमणमा सहभागी विद्यालय बाल क्लबका पदाधिकारी, प्राचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले जनता माविको स्थलगत अवलोकन गरेपछि आफ्नो विद्यालयमा सुधार ल्याउने प्रयास गर्ने बताएको सेवक नेपालका फिल्ड अफिसर प्रकाश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार