६ कार्तिक २०८१, मंगलवार

वाशुदेवीको वार्षिकोत्सव



धनगढी  ।  कैलालीको धनगढी–६ स्थित रहेको वासुदेवी उच्च माविको ३० औँ वार्षिकोत्सव तथा अभिभावक समारोह बिहीबार भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशबहादुर शाहीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि सांसद तथा पूर्व शिक्षा राज्यमन्त्री पुष्करनाथ ओझा रहेका थिए ।
सो अवसरमा सांसद ओझाले आगामी वर्षदेखि निर्वाचन क्षेत्र विकास कोषको रकममध्ये ८० प्रतिशत शिक्षा क्षेत्रमा लगाउने घोषणा गरे ।
समारोहमा धनगढी उच्च माविका प्रअ लक्ष्मणदत्त भट्ट, अभिभावक प्रकाश शर्मा, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महरा, शिक्षक चेतराज फुलारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रअ गोपाल केसीले आर्थिक वर्ष ०७२/०७३ को प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा लेखापाल नारायण धामीले आर्थिक वर्ष ०७२/०७३ को एक करोड ३१ लाख ६५ हजार दुई सय ९७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिक्षक गगनसिंह ऐरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रअ नरहरी सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार