१२ श्रावण २०८१, शनिबार

लैंगिक हिंसासम्बन्धी पत्रकारिता तालिम सम्पन्न



धनगढी  ।  लैंगिक हिंसासम्बन्धी पत्रकारितामा आचार संहिता तालिम धनगढीमा समापन भएको छ ।
नरवेईजन र युएनएफपिएको आर्थिक सहयोगमा सञ्चारिका समूहको आयोजनामा पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको दुई दिने तालिम बुधबार सम्पन्न भएको हो ।
संचारिका समूहका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युएनएफपिएका क्षेत्रीय संयोजक गिरी पन्थी रहेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक मोहन मैनाली, सहभागी कमल रावल, तरुणा जोशी लगायतले मन्तव्य व्यक्त गरेका
थिए । तालिममा सुदूरपश्चिमका जिल्लाका २५ जना पत्रकारहरूको सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार