११ श्रावण २०८१, शुक्रबार

खप्तड गोल्डकपको पुरस्कार राशी दोब्बर पारियो



धनगढी  ।  खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी दोब्बर पारिएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजनामा गत पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा खप्तड गोल्डकप फुटबल प्रतियोगिता भएको थियो ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुरेश हमालले आगामी वर्ष पुसमा हुने प्रतियोगितामा विजेतालाई ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।
त्यस्तै, उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
गत प्रतियोगितामा विजेतालाई पाँच लाख र उपविजेतालाई दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सो प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव विजयी भएको थियो भने संकटा क्लव उपविजेता रहेको थियो ।
पत्रकार सम्मेलनमा गोल्डकपको पहिलो संस्करण आयोजना गर्न भएको ७८ लाख १६ हजार रुपैयाँको आयव्यय विवरण पनि सार्वजनिक गरिएको थियो ।
अध्यक्ष हमालले प्रतियोगितामा अझैं २६ लाख ३० हजार रुपैयाँ उठन बाँकी रहेको र २१ लाख ३८ हजार रुपैयाँ तिर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार