११ श्रावण २०८१, शुक्रबार

एमपि कप २०७३ : वडा नम्वर १९ र २० विजयी



धनगढी  ।  धनगढी रंगशालामा जारी एमपी कप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा वडा नम्बर १९ र वडा नम्बर २० विजयी भएका छन् ।
धनगढी रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर १९ ले वडा नम्बर ३ लाई २–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नम्बर १९ का चन्द्र कुँवरले दुई गोल गरे ।
म्यान अफ द म्याच भएका कुँवरलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष हरिप्रसाद भट्टले पुरस्कार प्रदान गरे ।
धनगढी रंगशालामा भएको दोस्रो खेलमा वडा नम्बर २० ले वडा नम्बर १२ लाई ३–१ ले हरायो ।
वडा नम्बर २० का लागि बादल पाख्रीन हेमन्त थापामगर सुन्दर गुरुङले गोल गरे भने वडा नम्वर १२ का खेम चौधरीले एक गोल फर्काए । म्यान अफ द म्याच बादल पाख्रीनलाई भण्डारी सुज सेन्टरका सञ्चालक दलबहादुर भण्डारीले दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत मंगलवार वडा नम्बर ४ र १६ तथा वडा नम्बर १८ र ५ बीच प्रतिस्पर्धा हुने एमपी कपका संयोजक बब्लु चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार