१२ श्रावण २०८१, शनिबार

कुवेतमा तदर्थ समिति गठन



धनगढी  ।  कुवेतमा रहेको सुदूरपश्चिमेलीहरूले सुदूरपश्चिम सेवा समाज कुवेत तदर्थ समिति गठन गरेका छन् । उनीहरूले अमर खड्काको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेका छन् ।
समितिका उप–संयोजकमा भीम रावत (बाजुरा), सचिवमा मानबहादुर बलायर (डोटी) चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा केशव मगर (कैलाली), पुस्कर खडका (अछाम), निरुमाया खडका (बाजुरा), रोशनी श्रेष्ठ (डोटी), कर्णबहादुर गिरी (कञ्चनपुर), लक्ष्मण खड्का (कैलाली), नवराज गिरी (बैतडी), केशव चन्द (कञ्चनपुर), शंकर बोगटी (कैलाली), नारायण साउँद (डोटी), कृष्ण माली (डडेल्धुरा), साजन बोहरा (कैलाली), प्रेमबहादुर बलायर (डोटी), महेन्द्र चौधरी (कैलाली), लक्ष्मी मल्ल (कञ्चनपुर), जानकी गिरी (बाजुरा) चयन भएका छन् ।
त्यस्तै, तदर्थ समितिले निरुमाया खड्काको संयोजकत्वमा चार सदस्यीय आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिको उप–संयोजकमा रोशनी श्रेष्ठ रहेकी छन् भने नाथ साउद र लक्ष्मी मल्ल सदस्य रहेका छन् ।
त्यस्तै, केशव मगरको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेका छन् । सदस्यमा पुष्कर खड्का र धनराज कार्की रहेका छन् । पुष्कर खड्काको संयोजकत्वमा कला र संस्कृति समिति गठन गरेका छन् । कला र संस्कृति समितिको सदस्यहरूमा धर्म रावत, कालूसिंह नागरी, गोबिन्द आउजी, रोशनी श्रेष्ठ, प्रकाश बोगटी, रेबतराज गिरी रहेका छन् ।
यस्तै, समितिको सल्लाहकारमा शान्तराज शाही, खगेन्द्र पाण्डे, यज्ञराज भट्ट, गणेश चन्द चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार