बीच भुरुवा ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा जैशी



धनगढी । बीच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लम्कीचुहा–२, भुरुवाको ११ औं वार्षिक साधारण सभाबाट बुद्धिमान जैशी वसन्त विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा उनले दुई सय ८३ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी प्रेम न्यौपाने १ सय ४९ मत प्राप्त गरेका थिए । प्राविधिक कारण जम्मा चार सय सय ८५ मत मात्र खसेको थियो ।
त्यस्तै, उपाध्यक्षमा जोधुलाल चौधरीले दुई सय पाँच मत ल्याई विजय भए भने सचिवमा दुई सय १९ मत प्राप्त गरी रेखा नाथ विजय भए । कोषाध्यक्षमा हरिलाल शर्मा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा भागिराम चौधरी, राधिका भण्डारी, पार्वती साउँद, प्रेम आलेमगर चयन भएका छन् । समितिको लेखा समिति संयोजकमा चन्द्रसिंह राना चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्