११ श्रावण २०८१, शुक्रबार

भारतीय अवरोधको स्थानीयद्वारा विरोध



धनगढी  ।  कैलालीको नेपाल–भारत सीमावर्ती क्षेत्र गौरीफण्टा नाकामा निर्माणाधिन सीमा सुरक्षा पोस्ट निर्माणमा अवरोध सिर्जना गरेको
भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
आइतबार सीमा सुरक्षा पोस्ट निर्माण समितिले पत्रकार सम्मेलन गरेर भारतीय सीमा सुरक्षा बल
(एसएसबी) र सशस्त्र प्रहरी सीमा
बल भन्सारले सो सीमा सुरक्षा पोस्ट निर्माणमा अवरोध सिर्जना गरेको जनाइएको छ ।
झन्डै २० लाख रुपैयाँको लागतमा जनताबाट चन्दा सङ्कलन गरेर निर्माण गर्ने लक्ष्य लिइएको सीमा सुरक्षा पोस्ट निर्माणमा झन्डै पाँच लाख खर्च भइसकेको छ । सो सीमा पोस्ट निर्माण गर्नका लागि समितिले भारतबाट नेपाल प्रवेश गर्ने साना तथा ठुला मालबहाक गाडीबाट स्वतः:स्फुर्त रूपमा ५० र एक सय रुपैयाँ सहयोग लिने गरेको थियो ।
पोस्ट निर्माण गर्ने क्रममा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रमुख गणेश संग्रौलाले भारतीय सीमा प्रहरीको दबाब र व्यक्तिगत चाहना अनुरूप सहयोगार्थ रसिद खोसेर लगेको समितिले आरोप लगाएको छ ।
सीमामा पटक पटक अपराध हुने गरेकोले त्यसलाई रोक्न गौरीफण्टा नाकाका पोस्ट निर्माण गर्न लागिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार