१२ श्रावण २०८१, शनिबार

अनलाइन मोटिभेस्नल सेमिनार



धनगढी ।  इडुपाल नेपाल धनगढीको आयोजनामा धनगढीमा शनिबार एक दिन अनलाइन मोटिभेस्नल सेमिनार भएको छ ।
अगामी चैत महिनामा हुने प्रवेशिका परीक्षाका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम गरिएको इडुपालका प्रबन्ध निर्देशक टेकराज पन्तले बताए । कार्यक्रममा विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न परीक्षामा तनाव मुक्त, सामाजिक दवाव मुक्तका साथै भविष्यको योजना बनाउने बारेमा जानकारी दिइएको थियो ।
इन्टरनेशनल मोटिभेटर सौनक भट्टले सहजीकरण गरेको कार्यक्रममा धनगढी क्षेत्रका ५५ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार