६ बैशाख २०८१, बिहीबार

ठेकराज माविको भवन उद्घाटन



धनगढी । कैलालीको अत्तरिया नगरपालिका—१०, घोडसुवास्थित ठेकराज माध्यमिक विद्यालयको आज चार कोठे, दुई तले पक्की भवन उद्घाटन भएको छ । भवनको एक कार्यक्रमका बीच वन तथा भू–संरक्षण राज्यमन्त्री श्री दीर्घराज भाटले उद्घाटन गरे ।
भवन जिल्ला शिक्षा कार्यालयको ३२ लाख तथा विद्यालय कोषको छ लाख ४० हजार लागतमा निर्माण हुने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामचन्द्र ओझा स्वायत गरेका थिए । कार्यक्रममा डाक्टर लक्ष्मीराज पाठक, वीरेन्द्र भट्ट, हेमप्रकाश उप्रेती, वसन्त रोकाया, अशोक देवकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुभाष भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार