१२ बैशाख २०८१, बुधबार

संविधान महिला मैत्री : रेग्मी



धनगढी  ।  नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले वर्तमान संविधान महिला मैत्री रहेको बताएकी छन् । उनले संविधानमा महिलाहरूका लागि धेरै हक अधिकार दिइएको बताऊ“दै महिलाहरूले ती अधिकार प्रयोगका लागि सक्षम हुनुपर्ने बताइन् ।
महिला सङ्घको आयोजनामा धनगढीमा बुधवार सम्पन्न तीन दिने प्रशिक्षण पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले भनिन्– ‘अब हुने स्थानीय निर्वाचनमा मेयर–उपमेयर, अध्यक्ष उपाध्यक्ष लगायत हरेक ठाउँ“मा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था भएको छ, यसका लागि महिला तयार हुनुहोस् ।’
अध्यक्ष रेग्मीले प्रशिक्षणका क्रममा क्षमतावान महिलाहरू भेटेको समेत बताइन् । उनले महिलाको क्षमता अभिबृद्धि र निर्वाचनमा महिलालाई तयार गर्न सात वटै प्रदेशमा महिला सङ्घले प्रशिक्षण गरिरहेको बताइन् । अध्यक्ष रेग्मीले यस प्रशिक्षणबाट महिलाहरूले नेपाली काग्रेसको सिद्धान्त र इतिहास, महिला सङ्घको अवस्था, नेता बन्नको लागि आवश्यक गुणहरू लगायतबारे जानकारी पाई क्षमता विकास हुने अपेक्षा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार