२३ बैशाख २०८१, आईतवार

घोडाघोडी महोत्सव हुने



ghoda_ghodiधनगढी । कैलालीको सुखडमा घोडाघोडी महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, संस्कृति, व्यापार र समृद्धि’ भन्ने नाराका साथ घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघको दोस्रो साता महोत्सव आयोजना गरिने जनाइएको छ ।

शनिबार सुखडमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामचन्द्र चौलागाईंले घोडाघोडी सिमसार क्षेत्रको संरक्षण र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा दुई सय ५० सम्म स्टल रहने उनले बताए । अध्यक्ष चौलागाईंका अनुसार महोत्सव सञ्चालनका लागि २० देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार