१० श्रावण २०८१, बिहीबार

आगलागी तथा डढेलो प्रभावित वनहरुलाई संकटग्रस्त घोषणा गरेर राहातको व्यवस्था गर्न माग




धनगढी/ हरियो वन नेपालको धन भनेर विश्वभर पहिचान बनाउन सफल सामुदायिक वनहरुमा विगत केही दिनदेखि आगलागी तथा वन डढेलोबाट क्षति भएकोमा राष्ट्रिय दलित नेटवर्क नेपालले दुःख व्यक्त गरेको छ ।

आगलागी तथा वन डढेलोका कारण ठूलो मात्रामा धनजनको क्षति भएको, लाखौ घरपरिवारहरु विस्थापित हुनुपरेको र आगो निभाउन जाँदा केही व्यक्तिहरुको अनाहकमा निधन समेत भएको घट्नाप्रति दलित नेटवर्क अन्त्यन्तै मर्माहित भएको केन्द्रीय अध्यक्ष मोहन ओडद्धारा जारी गरेको एक विज्ञप्तीमा जनाइएको छ ।

दुःखको घडिमा ज्यान गुमाउनु हुने योद्धाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौ विज्ञप्तीमा भनिएको छ पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रो मुलुक यसखाले प्राकृतिक प्रकोपको शिकार हुंदै आएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ विनासकारी भूकम्प तथा बाढी पहिरोको त्रासदिबाट मुक्त हुन नपाउदै वनमा डढेलो तथा आगलागीले हामी सबैलाई त्रसित र दुःखी तुल्याएको छ ।

यस्तो प्राकृतिक प्रकोपहरुको पूर्व तयारी गर्नुपर्ने निकायहरुको कमजोरी पनि यसखाले प्रकोपहरुको कारण बन्न पुगेकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आगलागी तथा ढडेलो लागेका वनहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल उद्धार तथा राहातको काम थालनी गरेर पुनःस्थापनाको काममा समेत लाग्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत यस क्षेत्रमा कार्यरत साझेदारहरु र नागरिक संघ संगठनहरुलाई आव्हान गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता महासंघ तथा यस क्षेत्रमा कार्यरत नागरिक संघ संगठनहरुको सहकार्यमा सम्पूर्ण रुपमा सक्दो सहयोग गर्न पनि दलित नेटवर्कले आफ्ना सदस्यहरुलाई पनि आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार