२७ मंसिर २०८१, बिहीबार

मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन छैन भन्दै, एकीकृत समाजवादीले प्रदेश प्रमुखलाई बुझायो पत्र




धनगढी/
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले पनि नेकपा (एमाले) र नेकपा (माओवादी) निकट आइपुगेको छ । यद्यपी समाजवादीको अडानकै कारण सो दलले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सम्भावना बढेको छ ।

समाजवादीले दुई दिन अघिको निर्णय परिवर्तन गर्दे नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुख नाजिर मियालाई बुझाएको छ ।

मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएका हुन ।

यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार