१० श्रावण २०८१, बिहीबार

एमाले दलका नेता, प्रमुख सचेतक काठमाडौं हिंडेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित



धनगढी / नेकपा (एमाले) का दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्र पाल काठमाडौ हिडेपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार५ : ३० लिने भनेको विश्वासको मत अनिश्चित भएको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ ५ : ३० बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए ।

शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पाल शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् ।

श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मत बारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए । ‘उहाँ (मुख्यमन्त्री) ले व्यक्तिगत रूपमा निर्णय गर्नुभएको हो । विश्वासको मत दिने बारेमा पार्टीमा कुनै छलफल भएको छैन, रावलले भने, पार्टी नेतृत्वसँग सल्लाह गर्न काठमाडौं जादैछौं।
यद्यपी २१ गतेको विश्वासको मत लिने निर्णय लिदा एमालेका प्रमुख सचेतक पालको उपस्थिति थियो ।

एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार