१९ मंसिर २०८२, शुक्रबार

संघसंस्था दर्ता ऐनको मस्यौदामाथि छलफल



गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा कैलालीको आयोजनामा सोमबार धनगढी संघसंस्था दर्ता ऐन २०८२ को मस्यौदामा छलफल तथा सुझावका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा संघसंस्था दर्ता ऐन २०८२ को मस्यौदामाथि तीन महले सुझावमाथि सहजीकारण तथा छलफल भएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष देवीप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा कैलालीका अध्यक्ष चेतमान साउँदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वार एशोसिएशन कैलालीका उपाध्यक्ष हिमालय विक्रम विष्ट, गैसस महासंघ प्रदेश पूर्व उपाध्यक्ष बलबहादुरा रोकाया, गैसस महासंघ जिल्ला शाखा कैलालीका पूर्व अध्यक्ष हेमकर्ण विक, राष्ट्रिय अपांग महासंघलगायतका विभिन्न गैरसरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गैसस महासंघ सुदूरपश्चिम प्रदेश कर्मचारी गोकुलबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार