कोभिड १९ प्रतिकार्य सहजीकरण
धनगढी । महिला स्वास्थ्य स्वयंसेविकाका लागि कोभिड, १९ प्रतिकार्य सहजीकरण सम्बन्धी अभिमुखीकरण भएको छ ।
धनगढी उपमहानगरपालिका र एनडीआर नेटको आयोजनामा भएको कार्यक्रममा नगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख नृपबहादुर वडले कोभिड १९ बारे समुदाय स्तरमा जनचेतना फैलाउन स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गरे ।
उनले भने– अहिले कोभिडको महामारी फैलिएको छ । कोभिड बारे समुदायस्तरमा जागरण ल्याउन सक्रिय रहनु होला ।
उनले चाडबाडको समयमा किनमेल गर्न जानेहरुले बजारमा भिडभाड नगरिदिन अनुरोध गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बम, विपद उत्थानशिल सञ्जालका केन्द्रिय संयोजक दिनेश चन्द्र जोशी, संस्थाका अध्यक्ष योगेन्द्र ओझा र जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले सहजीकरण गरेका थिए ।





