१ माघ २०८१, मंगलवार

वडा कार्यालय सार्ने प्रयास भएपछि विरोध



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय सार्ने विषयमा स्थानीयले विरोध गरेका छन् ।


हाल मनेहरामा घर भाडाको घरमा सञ्चालन भइरहेको वडा कार्यालय जाखोर तालमा निर्माण गर्ने निर्णय भएपछि वडाबासीले विरोध गरेका छन् ।
वडाध्यक्ष सीताराम रानाले सरोकारबालाहरुसंग छलफल नगरी एकलौटी ढंगले जाखोरतालमा वडा कार्यालय राख्ने निर्णय गरेको स्थानीयको आरोप छ । उनीहरूले वडा कार्यालय भवन निर्माणका लागि कालिका मन्दिरमा जग्गा उपलब्ध गराउदा पनि वडाध्यक्षले जाखोर तालमा सारेको स्थानीय मोती राना थारुले बताए ।
वडा कार्यालय सारेको विरोधमा गठित संघर्ष समितिका अध्यक्ष समेत रहेका मोति रानाले वडा कार्यालय सार्ने नाममा जाखोरतालका रुख काट्ने योजना रहेको आरोप लगाए ।
वडा कार्यालयका बारेमा छलफल गरेर मात्रै निर्णय गर्ने नगर प्रमुखले आश्वासन दिए पर्नि एकलौटी ढंगले जाखोर तालमा सार्ने निर्णय भएपछि आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय प्रेमबहादुर भण्डारीले बताए ।
उनले वडा कार्यालय सारेको विरोधमा एक हजार जनाले हस्ताक्षर गरेर आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए ।
वडा अध्यक्ष सीतारामले कालिका मन्दिर व्यवस्थापन समितिले जग्गा दिने नाममा शर्त तेस्र्याएका कारण जाखोर तालमा कार्यालय सार्ने निर्णय भएको बताए । उनले कालिका मन्दिर व्यवस्थापन समितिले वडा कार्यालयसंगै पा“च सटरको माग गरेको र मन्दिरका लागि सटर निर्माण गर्ने बजेट नभएपछि अन्तै कार्यालय सार्नु परेको बताए ।
नगर प्रमुख नृपबहादुर वडले सवैको सहमति र आवश्यकताका आधारमा वडा कार्यालय जाखोर तालमा निर्माण गरिने बताए ।
उनले मनेहरामा वडा कार्यालय राख्न खोजे पनि त्यस ठाउमा मिनी कभर्डहलका लागि सिफारीस गरिएकाले वडा कार्यालयका लागि आवश्यक जग्गा नपुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार