नागरिक संघसंस्थाको संजालद्वारा ध्यानाकर्षणपत्र बुझाइयो

नागरिक संघसंस्थाका महासंघ र संजालद्वारा संघसंस्था ऐन २०८२ को मस्यौदा सन्दर्भमा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
मंगलबार नागरिक संघसंस्थाका महासंघ र संजालले प्रमुख जिल्ला अधिकारी, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्रीमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो ।
विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (१) ले स्पष्ट रूपमा “विधेयकका मस्यौदा तर्जुमा गर्ने क्रममा सम्बन्धित मन्त्रालयद्वारा विषयविज्ञ तथा त्यस्तो विधेयकले प्रत्यक्ष प्रभावित हुने सरोकारवालालाई छलफलमा सहभागी गराई रायसुझाव लिनु पर्ने भन्ने व्यवस्था गरेको छ । सो व्यवस्थाको प्रतिकुल सरोकारवालाको सहभागितालाई उपेक्षा गर्दै विधेयक मस्यौदा अघि सारेकोले गम्भीर ध्यानाकर्षण भएको गैसस महासंघ प्रदेश अध्यक्ष देवी खनालले जनाए ।




