१० श्रावण २०८१, बिहीबार

यस्ता छन् लम्कीचुँहा नगरपालिका जित्न एमालेले गरेका प्रतिबद्धता



सुशासन,समृद्धि र समाजवादको आधार
लम्कीचुहामा एमालेको सरकार ।।

आदरणीय लम्कीचुहा नगरवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु
हार्दिक अभिवादन सहित नमन

सुन्दर सुदूरपश्चिम प्रदेशको प्रवेश विन्दुमा रहेको लम्कीचुहा नगरपालिकामा विगतको हाम्रै नेतृत्वले गर्दा सर्वाङ्गीण विकास र समृद्धिको मार्गमा द्रुतगतिमा अगाडि बढी रहेको कुरा सम्पूर्ण नगरवासीमा अवगत नै छ ।
लम्कीचुहा नगरपालिकालाई विकास निर्माण पूर्वाधारहरुबाट सम्मुनत बनाई, नीतिगत सुधारहरुबाट सुसजित गर्दै व्यवस्थित शहरीकरणको अवधारणालाई लागु गर्दै समृद्ध नगर सुखी नगरवासीको जनआकांक्षा पुरा गर्न सम्पूर्ण नगरवासी एक ठाउँमा उभिनु आजको आवश्यक्ता हो ।
यस नगर क्षेत्र भित्र स्वच्छ खानेपानी, फोहोरमैला तथा ढल व्यवस्थापन, कृषिमा आधुनिकीकरण, पर्यटकिय क्षेत्रको विकास र प्रवद्र्धन, उर्जा आपूर्ति, सिचाई, सडक कालोपत्रे, शिक्षा, यातायात, नदी कटान व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण लगायत महिला, दलित, अपांग, बालबालिका, जेष्ठ नागरिक, अल्प संख्यक र युवा लक्षित कार्यक्रमहरुलाई एकीकृत योजनाका साथ सम्बोधन नगरको संवृद्धिका लागि सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिई विजयी गराई दिनहुन हार्दिक अपिल गर्दछौं ।
विगतका ५ वर्ष :
– लम्कीचुहा नगरवासीलाई सुविधा सम्पन्न, प्रविधियुक्त, दक्ष जनशक्ति सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि चुहामा ५० शैयाको जनता अस्पताल निर्माणमा तिब्रता र भल्कामा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याई जनताको घर आगँनमा गुणस्तरीय विषेशज्ञद्वारा स्वास्थ्य सेवा उपलब्ध गराउन सफल,
– कोभिड–१९ नियन्त्रणका लागि क्वारेन्टाईन सञ्चालन र प्रभावित १४ हजार भन्दा बढि घरधुरीलाई खाद्यान्न र व्यक्तिगत सरसफाईका सामाग्री प्रदान गरी जिल्लाकै पालिकाहरु मध्येमा उत्कृष्ट कार्य गर्नुका साथै कोभिड विरुद्धको खोपको उचित व्यवस्थापन गरेको,
– विभिन्न समयमा घुम्ती स्वास्थ्य शिविर मार्फत जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै सिकलसेल, एनिमिया, हात्ती पाईले लगायतका विषेश किसिमका रोगहरुको औषधि तथा शिविर सञ्चालन गरेको,
– वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रको निर्माण गरी जनशक्तिको व्यवस्थापन गर्दै सञ्चालनमा ल्याएको, जसबाट नवजात शिशु, गर्भवती महिला र खोप कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुगेको,
– लम्कीचुहा नगरपालिकामा आधारभूत तहको शिक्षा पूर्णरुपमा निःशुल्क गरेको,
– नगर क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई आवश्यक भौतिक सामाग्री, शैक्षिक सामाग्री तथा उपकरण र जनशक्तिको व्यवस्थापन गर्दै शिक्षा नीति मार्फत गुणस्तरीय शिक्षामा जोड दिएको,
– सामुदायिक विद्यालयका आधारभूत तह नीजिस्रोतमा रहेका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको शिक्षण अनुदान बाफत तलवी अनुदानको व्यवस्थापन गरेको,
– लम्कीचुहा नगरपालिकाको आधुनिक सुविधा सम्पन्न प्रमुख प्रशासकिय भवन निर्माण सम्पन्ता सहित सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको,
– लम्की आधुनिक बसपार्क निर्माण सम्पन्न गरेको,
– नगरपालिकामा रहेका साँधुरा बाटोहरुको स्तरोन्नती गर्दै पहिलो वर्षमा नै २६५ किमी. बाटो स्तरोन्नती गरेको र हालसम्म लम्कीचुहा नगरपालिमा ९५.३ किमी बाटो कालोपत्रे भइसकेको र यसै आर्थिक वर्षमा ३५ किमी बाटो कालोपत्र सम्पन्नताको चरणमा रहेको छ ।
– प्रत्येक वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुग्ने सवै बाटाहरु र राजमार्गसंग जोडिएका उत्तर–दक्षिण जाने सवै बाटाहरुको कालोपत्रे अन्तिम चरणमा रहेको र स्थानीय तहको निर्वाचन–२०७४ मा जनता माझ गरिएको ८० प्रतिशत जनतालाई हिलोमुक्त बनाउने प्रतिवद्धता पूरा भएको छ ।
– राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरीयालाई लम्की क्षेत्रमा बिस्तार गर्दै नहर निर्माण सम्पन्नता हुने क्रममा रहेको छ ।
– नगरपालिकामा सिचाईको समस्या भएको वडाहरुमा कृषकहरुका लागि अनुदानमा बोरिङ्ग उपलब्ध गराई किसानको उत्पादकत्वमा बृद्धि गरेको छ ।
– चैते धान, गहँु, मकै, बेमौसमी तरकारी खेतीका लागि ५० प्रतिशत, अनुदानमा विउँ वितरणबाट लम्कीचुहाका १५ हजार घरधुरीका किसानले प्रत्यक्ष लाभ लिदै आएका छन् ।
– पशुपालनका किसानहरुका लागि उन्नतजातका बाख्रा, बोका, रांगाहरु अनुदानमा उपलब्ध गराएर उनीहरुको आम्दानी बृदि गरिनुका साथै, नगरपालिकाका १० वटै वडामा आई.पी. एम कृषक पाठशाला सञ्चालन गरि कृषकहरुलाई तालिम मार्फत आफ्ना उपजलाई उत्कृष्ट बनाउन प्रयत्न गरेको छन् ।
– कृषि क्षेत्रमा केही गर्न चाहेका तर लगानीको कमी भएका कारणले पछाडी परेका कृषकहरु र सीप तथा क्षमता भएका आफ्नै व्यापार व्यावसाय गर्न चाहने तर पूँजीको कमीले पछाडि परेका नगरवासीहरुका लागि नगरपालिकाले बिना धितोमा ५ लाखसम्मको सहुलीयतपूर्ण कर्जाको व्यवस्था मिलाइएको छ । जसमा छ प्रतिशत नगरपालिकाले ब्याज तीरिदिने व्यवस्थाले किसानहरु तथा बेरोजगार युवायुवतीलाई व्यवसायीमुखी बनाउन प्रयत्न गरेको,
– पशुपालक किसानहरुका लागि गोठ, खोर सुधार कार्यक्रम अन्तरगत प्रति किसान ५० हजार सम्म र बेमौसमी तथा मौसमी घाँस खेतीका लागि समेत अनुदान दिइएको छ । बैज्ञानिक तरिकाले खोर व्यवस्थापनमा उनीहरुको उत्पादकत्वमा बृद्धि गर्ने हेतुले वितरण गरिएको अनुदानले पशुपालक किसानलाई प्रत्यक्ष राहत दिएको छ ।
– कृषि खेतीलाई व्यवसायीकरण गर्नका लागि वडाहरुलाई पकेट क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ भने
– सहकारी संस्थाहरुको सेवाहरुलाई सहकारीका सदस्यमाथि थप प्रभावकारी बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक प्रविधिका लागि अनुदान उपलब्ध गराइएको छ । त्यस्तै सहकारीको प्रत्यक्ष अनुगमन र नियन्त्रण पनि नगरपालिकाले गर्दै आएको छ ।
– नगरपालिकामा रहेका वित्तीय सहकारी संस्था तथा सहकारीहरुको संस्थागत क्षमता वृद्धिका लागि अनुदान तथा स्रोत उपलब्ध गराएको छ ।
– नगरपालिकामा विद्युत आपूर्ति निरन्तरता तथा विद्युत सहकारी संस्था भार क्षमता बृद्धिका लागि ट्रासफर्मर, विद्युत पोल तथा तार खरीदका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रममा देशभरीमा दोस्रो बढि बजेट ल्याउन सफल भई नगरवारसीमा रोजगारीका अवसर प्रदान गरिएको छ ।
– किसान सहकारी संस्थासंगको साझेद्धारीमा माटो परीक्षण ल्याव सञ्चालन गरेको छ ।
– स्थानीय तहको निर्वाचन–२०७४ मा जनताका बीचमा प्रथामिकता साथ उठेको आवाज “महादेवको साथमा लालपूर्जा हातमा” प्रतिवद्धता पूरा हुने अन्तिम चरणमा, रहेको जस अन्तर्गत यस नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको १७ हजार लगत संकलन गरी लगत प्रविष्ट पश्चात १० वटै वडामा जग्गा नापको काम सुरु गरी जग्गा धनीलाई निस्सा वितरण गरिएको छ ।
– संघीय सरकार र लम्कीचुहा नगरपालिकाको लगानीमा लम्कीचुहा नगरपालिका वडा नं.३ बल्चौर बादी बस्तीमा पुर्नस्थापित बादि समुदायका लागि आवास निर्माण गरिएको छ ।
– नगरपालिकामा रोजगारीको सिर्जना गर्न र नगरवासीमा आम्दानीको स्रोत निर्माण गरी जीवनस्तर उकास्नका लागि पर्या–पर्यटनको रुपमा विकास गर्दै नगर गौरवको रुपमा रहेको मोहनलाल नगर उद्यानको गुरु योजना निर्माण गरी करिव १४ करोड बरावरको पार्क निर्माण कार्य अगाढी बढाएको छ ।
– नगरक्षेत्रमा रहेका विभिन्न नदीहरुका विभिन्न ठाउँमा आवागमनका लागि झोलुंगेपुल, पक्की मोटरवेल पुलको निर्माण गरिनुका साथै लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर र छिमेकी जिल्ला बर्दिया जोड्ने एसियाकै लामो झोलुंगेपुल निर्माणका लागि विषेश पहल गरेको ।

आदरणीय नगरवासी आमावुवा दाजुभाई तथा दिदिबहिनीहरु

लम्कीचुहा नगरलाई देशकै नमूना नगर बनाउने स्वर्णिम अवसर आएको छ । स्थानीय तहको निर्वाचनमा पुनः हाम्रा उम्मेदवारहरुलाई निर्वाचित गरी नगरवासीले आºनो नगरलाई भ्रष्टाचारमुक्त, लोक कल्याणकारी, स्वच्छ, सुन्दर र समृद्ध नमूना नगर बनाउन योगदान दिनुहुने छ भन्नेमा हामीलाई विश्वास छ । लम्कीचुहा नगरलाई नमूना नगर बनाउन देहाय बमोजिमका प्रतिवद्धताहरु जाहेर गर्दछौं ।
समग्र नगर विकासका मुख्य योजनातर्फ
– लम्कीचुहा नगरक्षेत्र भित्रको अव्यवस्थित बसोवास गरी जीवनयापन गरेका सुकम्बासी, मुक्तकमैया, बादी समुदाय तथा भुमिहिन समुदायलाई उचित किसिमको बस्ती व्यवस्थापन गरी आगामी आर्थिक वर्षभित्रै जग्गाधनी पूर्जा वितरण गर्ने ।
-नगरपालिकाको प्रशासनिक भवन, विभिन्न वडा कार्यालयका भवनहरु, आधारभूत स्वास्थ्य केन्द्रका भवनहरु तथा नगर क्षेत्रभित्रका सार्वजनिक भवनहरु मापदण्ड अनुसार तयार भई सेवा प्रारम्भ समेत गरिसकेको हुँदा बालमैत्री तथा अपाङ्गमैत्री सेवा प्रवाहमा विशेष जोड दिने ।
– लम्कीचुहा नगरपालिकाका समग्र गतिविधि तथा कार्यक्रमहरु जनताको हितमा हुने गरी सामाजिक, आर्थिक, सा“स्कृतिक र राजनीतिक रुपमा पछाडी परेका मुक्तकमैया, बादी समुदाय, सुकुम्बासी, विपन्न घरपरिवार, अनाथ, असहाय, दलित, महिला, बालबालिका तथा श्रमिक वर्ग समुदायहरुलाई प्राथमिकतामा राखी लक्षित वर्गलाई आत्मनिर्भर हुने खालका कार्यक्रम संचालनका लागि विषेश पहल गर्ने ।
– लम्कीचुहा नगरपालिकाको काम कारवाहीमा विधिको शासन स्थापित गर्दै जनताको सेवामा पारदर्शिता, जवाफदेहिता, ईमान्दारिता र आर्थिक सुशासनको अवधारणालाई पूर्णरुपमा लागु गर्ने ।
– स्वच्छ तथा सुन्दर नगरपालिका निर्माणको अभियानलाई सार्थक तुल्याउन Green and Clean City सहितको शहरीकरण नीति अनुशरण गर्ने ।
– वडा–वडामा कृषि प्राविधिक, टोल–टोलमा टोल विकास संस्था, वडा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, बस्ती–बस्तीमा सुविधा सम्पन्न खोप केन्द्र, तथा घरदैलोमा चिकित्सा शिविर सञ्चालन लगायतका अभियानलाई निरन्तरता दिने ।
– नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन शून्य सहनशीलताको नीति अवलम्बन गर्ने ।
– श्रमिकको सम्मान लम्कीचुहाको अभियान लाई प्रभावकारी बनाउन नगर क्षेत्रभित्र हरेक बेरोजगार नागरिकहरुलाई १०० दिन बराबर रोजगारीको सुनिश्चतता गर्ने ।
– उपभोक्ता अधिकार संरक्षण गर्दै गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धताका लागि नगर क्षेत्रको बजार व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिने ।
– जनताको करको कदर : भ«ष्टाचारमुक्त नगर अभियान को पूर्ण कार्यान्वयन गर्ने ।
– कृषिमा आधुनिकीकरण : सिचाईमा लगानी नीति आत्म साथ गर्दै संभाव्य सबै कृषि योग्य भूमिमा सिचाई सुविधा उपलब्ध गराउने ।
– स्वास्थ्य जीवनको आधार : खेलकुदको विकास भन्ने नारालाई आत्मसाथ गरी एक वडा एक खेलकुद मैदान अनिवार्यता गर्ने कार्यक्रम लागु गर्ने ।
– जनतासँग विकास कार्यक्रमलाई मूर्त रुप दिन आवश्यकतामा आधारित स्थानीय स्तरको योजनाहरुमा समुदायले ४० प्रतिशत योगदान सुनिश्चित गरेमा ६० प्रतिशत नगरपालिकाले लगानी गर्ने गरी योजना सञ्चालन गर्ने ।
– नगर क्षेत्रभित्र दश बाली कार्यक्रम लागु गरी आधुनिक तथा व्यवसायिक÷ सामुहिक खेती प्रणालीलाई विशेष जोड दिने ।
– सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, आन्तरिक लेखापरीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरुको माध्यमबाट सेवा प्रवाहमा पारदर्शिता अभिबृद्धि गर्ने कुरामा विशेष जोड दिने ।
– लम्कीचुहा अस्पताल भल्कामा आईसियू तथा भेण्टीलेटर सेवा थप गरी गुणस्तरीय एवम् सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै निकट भविष्यमै लम्कीचुहा १० नं. वडाको ५० शैया अस्पतालको बाँकी रहेको कामलाई यथाशिघ्र अघि बढाई, सञ्चालनमा ल्याउने ।
– प्रत्येक नगरवासीलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्ने र वर्षको दुई पटक निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
– दलित, अपांग, एकल महिला, जेष्ठ नागरिक तथा सिमान्तकृत, लोपन्मुख समुदायका नागरिकको स्वास्थ्य बीमा निःशुल्क गर्ने ।
– शिशु तथा मातृ मृत्यु दर घटाउन प्रत्येक वडामा बर्थिङ्ग सेन्टरको स्थापना गरी नगरपालिकालाई “जीरो होम डेलिभरी” नगरपालिका बनाउने र घुम्ती स्वास्थ्य शिविर मार्फत हरेक नागरवासीलाई घर आगँनमै स्वास्थ्य सेवा उपलब्ध गर्ने ।
– अनियन्त्रित रुपमा बिक्री वितरण भइराखेकोे मदिराको नियन्त्रण गरी निश्चित ठाउँ : पसलमा मात्र बिक्री केन्द्र तोक्ने र बालबालिकाहरुलाई किन्ने र बेच्ने दुबै कार्यमा पूर्ण प्रतिबन्ध लगाउने ।
– लागूपदार्थ तथा दुव्र्यसनिमा फसेका युवाहरुका लागि मनोविमर्श कार्यक्रम मार्फत जनचेतना जगाउने कार्यलाई सञ्चालन गरी सामुदायिक सुधार केन्द्रको स्थापना गर्र्ने ।
– लम्कीचुहा नगर क्षेत्रभित्र सुपथ खाद्यान्न सहकारी पसल स्थापना गरी विपन्नताको प्रकृतिको आधारमा आधारभुत कुरामा विशेष अनुदानको प्रबन्ध गर्ने ।
– नगर क्षेत्रमा एक सुविधा सम्पन्न बहुउद्देश्यीय सभा हलको निर्माण कार्य सुरुवात गर्ने ।
– सार्वजनिक बाझो जमिनलाई उत्पादनमुखी बनाउन नगरपालिका नागरिक र सहकारीको सयुंक्त लगानीमा सामुहिक साझेदारी उत्पादन प्रणालीको विकास गर्ने ।
– कृषि उत्पादनको मूल्य निर्धारण तथा बजारीकरण गर्न कृषि हाटबजार केन्द्रलाई व्यवस्थित गर्ने ।
– सामुदायिक छाडा चौपायाहरुको नियन्त्रण तथा व्यवस्थापन, पशु पालन कृषकहरुका लागि गोठ तथा खोर सुधार कार्यक्रम ल्याई पशु विकास अनुदान कार्यक्रम सञ्चालन गर्ने ।
– दैनिक उपभोग्यवस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन, वितरण र विक्री गर्ने सहकारीलाई विशेष छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै एक वडा एक सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्ने ।
– मोहनलाल नगर उद्यान क्षेत्रलाई पर्या–पर्यटनको रुपमा विकास गर्दै सामुदायिक वन क्षेत्रभित्र चिल्ड्रेन पार्क तथा नगर उद्यानहरु निर्माण गर्न पहल गर्ने र नगरपालिकालाई पर्यटकिय गन्तव्य बनाउन चिसापानी कर्णाली पर्यटकिय पूर्वाधार विकास कार्यक्रम संचालन गर्नमा जोड दिने र नगर क्षेत्रमा रहेका पर्यटकीय स्थल हरुको विकास गरी पर्यटकीय क्षेत्रहरुमा नीजि, सार्वजनिक साझेदारीमा सडक, अतिथि गृह, विश्राम स्थल, पुरातत्व तथा कला संस्कृतिको जर्गेना, शौचालय, खानेपानी लगायतका पूर्वाधार, पर्यटन मार्ग निर्माण गरी पर्यटन गन्तव्यको रुपमा विकास गर्ने ।
– नगर क्षेत्र भित्र विभिन्न सांस्कृतिक पहिचानहरुको संरक्षण र सम्बद्र्धन गर्न (थारु झॉकी, सुदूरपश्चिमेली लोक देउडा, हुड्के नाच, होरी देउडा, मयुर नाच, मारुनी नाच,भुवो नाच) लगायतका संस्कृतिको जर्गेना गर्न विषेश जोड दिई नगर क्षेत्रभित्रका विभन्न मठ मन्दिर, चर्च, सत्संग भवन, लगायतका धार्मिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा कार्यक्रममा प्राथमिकिकरण सहित नगरक्षेत्रमा बहुजातिय सांस्कृतिक संग्राहलयको स्थापना गर्ने ।
– डुडेझारी बल्चौर क्षेत्रमा घोषणा भएको औधोगिक क्षेत्रको कार्यन्वयन गर्न नेपाल सरकारसंग आवश्यक पहल गर्ने र स्थानीय स्तरमा पाउरोटी, चाउमिन, होजियारी सिलाई कटाई, हातेकडाई, वुनाई, मैनवत्ति निर्माण, जस्ता साना, घरेलु तथा लघु उद्यमीहरुका लागि उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्न बिशेष उपकरण सहुलियत दिने नीति अबलम्बन गर्ने ।
– सामुदायिक विद्यालयमा आधारभूत तह (कक्षा १ देखि १० सम्म) पूर्णरुपमा निःशुल्क र अनिवार्य पठनपाठनको व्यवस्था गरिने र निजीस्रोतमा अध्यापनरत शिक्षकहरुको उचित व्यवस्थापनका लागि तलवी प्रोत्साहनलाई थप गर्ने ।
– एक वडा एक प्राविधिक शिक्षालाई आकर्षक कार्यक्रमका रुपमा अगाडी बढाई नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा शुद्ध पिउने पानी, उपयुक्त शौचालय, हरियाली, भवन रंगरोगन, बगैचा, खेलकुद मैदान सहित स्वच्छ वातावरण सिर्जना गर्न पूर्ण जिम्मेवारी वहन गर्ने ।
– लम्कीचुहा नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा दलित, विपन्न, गरिबी, सुकुम्वासी, मुक्त कमैया, अपा¨, असहाय तथा जनयुद्ध, जनआन्दोलनमा घाईते, वेपत्ता तथा शहिद परिवारका जेहेन्दार विद्यार्थीहरु तथा एमविविएस, एमडिजिपि लगायतका उच्च प्राविधिक विषय अध्ययन गर्ने जनशक्तिको लागि आकर्षक छात्रवृत्ति पुरस्कारको व्यवस्थापन संगै नगर क्षेत्रभित्रका अनाथ/असहाय बालबालिकाहरुको पहिचान गरी अध्ययन अध्यापनको व्यवस्थापनका लागि पहल गर्ने ।
– सामुदायिक पुस्तकालय र ई लाईवेरीको स्थापना गर्ने र प्रत्येक सामुदायिक विद्यालयहरुम्ँँ प्राथमिक उपचार केन्द्र सहित १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।
– नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना तथा सम्पन्न गर्नका लागि सुविधायुक्त खेलमैदान र आधुनिक कर्भडहलकोे निर्माण गर्ने र नगर खेलकुद विकास समिति मार्फत खेलकुद महोत्सव संचालनमा ल्याउने ।
– विभिन्न जनयुद्ध तथा जनआन्दोलनका घाईते, दृष्टिविहिन तथा अति अपांगता भएका व्यक्तिहरु, दलित तथा विपन्न वर्गको जीवन स्तर उकास्नका लागि सशक्तिकरण उत्थानका कार्यक्रमहरु संचालन गर्ने ।
– हाल सञ्चालनमा रहेका सवै खानेपानी योजनामा गुणस्तरीय पानीको प्रबन्ध गर्ने र निर्माणधिन अवस्थामा रहेका खानेपानी योजनाको यथासक्य सम्पन्न गरी बाँकी रहेका क्षेत्रमा “एक घर, एक धारा” अभियान चलाई लम्कीचुहाका प्रत्येक घरमा शुद्ध खानेपानी पुगाउने ।
– सार्वजनिक रुपमा कब्जा गरिएका वा मिचिएका बाटा, नाला तथा कुलाहरु यथाशिघ्र खाली गर्न लगाई ढल निकास सहितको व्यवस्थित शहर निर्माणमा विशेष जोड दिने ।
– जनता आवास कार्यक्रम मार्फत लक्षित समुदायको आवास निर्माणको लागि पहल गर्ने ।
– सामुहिक तथा व्यवसायिक खेतीका लागि कृषक÷कृषि समूह तथा कृषि सहकारी संस्थाहरुलाई सिचाई व्यवस्थाका लागि बोरिङ्ग पम्पसेट अनुदान उपलब्ध गर्ने ।
– सडक कालोपत्रे योजनालाई विशेष प्राथमिकतामा राखी नगरक्षेत्रभित्र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको संयुक्त लगानीमा मूख्य बाटोहरु पूर्णरुपमा कालोपत्रे गर्ने ।
– व्यवस्थित नगर निर्माणको अभियान अन्तर्गत ढल तथा नाला व्यवस्थापन, कल्र्भट, ह्युमपाईप, खानेपानी पाईप, विद्युत पोल, सौर्य बत्ती, स्र्माट सडक बत्ती जडान तथा सडक किनारामा वृक्षारोपण सहितको एकीकृत नगर विकासको योजनालाई लागु गर्ने ।
– विद्युत सहकारी संस्थाहरुको आवश्यक व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने र सम्भावित वैकल्पिक उर्जाका स्रोत बायो ग्याँसको अधिक प्रयोगको लागि आवश्यक नीति नियमको निर्माण गरी प्रोत्साहनका कार्यक्रमहरु ल्याउने ।
– जैविक विविधता संरक्षण मार्फत पानीको स्तर कायम राख्न र जलवायु अनुकुलनताका लागि नगर क्षेत्रका ताल तलैयाको संरक्षण तथा सम्वद्र्धन गर्न विशेष जोड दिने ।
– जनतासंँग जनप्रतिनिधि सार्वजनिक सम्वाद कार्यक्रम नियमित गरी सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार गर्नका लागि नगरपालिकाको प्रत्येक वडा कार्यालयमा विद्युतीय सूचना पार्टीको अनिवार्य व्यवस्था गर्ने ।
– नगर क्षेत्र भित्रका मुख्य सडक तथा सार्वजनिक स्थानहरुमा विकास साझेदारहरुको सहकार्यमा हरियाली विकास निर्माण गरी Clean and Green City अभियान सञ्चालनमा ल्याउने ।
– नदी कटानको समस्या सामाधानका लागि तटबन्ध तथा जैविक तटबन्धको प्रवन्ध गर्ने ।
– नगर क्षेत्रभित्र उत्पन्न फोहोरमैला व्यवस्थापनका लागि फोहोरलाई मोहोरमा रुपान्तरण गर्न जैविक फोहोरबाट प्राङगारिक मल उत्पादन गर्ने र अजैविक फोहोरलाई पुनः प्रयोग गर्न आवश्यक व्यवस्थाको पहल गर्ने ।
– अव्यवस्थित औद्योगिकरणलाई व्यवस्थापन गर्दै सुन्दर नगर, सभ्य समाज निर्माण गर्न वातावरण संरक्षण तथा सम्वद्र्धनका कार्यक्रममा विशेष जोड दिने ।
– सामुदायिक वन क्षेत्रभित्रको जग्गामा मसलाजन्य विरुवा तथा जडिबुटी लगाई व्यवसायिक खेती प्रणालीको शुरुवात गर्ने ।
– स्थानीय तहका स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरी कर्मचारीलाई कर्तव्यनिष्ठ, जनउत्तरदायी, सेवाप्रति बफादार बनाउने ।
– नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका सम्पूर्ण शाखा तथा वडा कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था गर्ने र नगरपालिकाको काम कारवाही, नगरपालिका र यसका वडाहरुबाट उपलब्ध हुने सेवाहरुललाई व्यवस्थित तथा पारदर्शी बनाई सूचनामा नागरिकको पहुँच बढाउन विद्युतिय सूचना पाटीको व्यवस्था गर्ने ।
– नगरपालिका अन्तर्गतका शाखा तथा कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्यहरुको बारेमा आम नागरिकमा जानकारी तथा सुझाव संकलनका लागि मासिक रुपमा सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने ।
– शैक्षिक धितो कर्जामा सहजीकरण र युवा उद्यमीलाई सहुलीयतपूर्ण कर्जाको व्यवस्था गरी स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको सुनिश्चितता हुने गरी सामुदायिक आयोजना संचालन गरी श्रममुलक अयोजना मार्फत समुदायको विकाससंगै सामाजिक संरक्षणको प्रत्याभुति गराउने ।
– आफ्नो माटो चिनौ, आफ्नै गाउँ बनाऔं स्वलम्बन अभियान संचालन गरी युवाहरुलाई रोजगारीका अवसर पहिचानमा सहजीकरण गर्ने ।
– एक करोड भन्दा कम बजेटका योजनामा ह्याभी इक्युमेन्टको प्रयोगमा पूर्णरुपमा रोक लगाई बेरोजगार सूचिमा सूचिकृत श्रमिकलाई काममा लगाईने व्यवस्था गर्ने ।
– श्रम समबन्धलाई प्राथमिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक उद्योग, वित्तीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने र युवा तथा शैक्षिक बेरोजगारलाई प्राथमिकतामा राखी स्वरोजगारमुलक कार्यमा संलग्न स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गर्ने ।

अन्तमा, आदरणीय नगरवासी आमावुवा दाजुभाई तथा दिदिबहिनिहरु,
संघीयता संस्थागनको चरणमै रहेको अवस्थामा केहि कानून र अनुभवको अभावले सिर्जना गरेको असहजताले नगर क्षेत्रको मुहार फेर्ने नगर गौरवका केहि योजनाहरु पूरा हुन बाँकी छन् ती योजना पूरा भएको अवस्थामा सम्पूर्ण नगरवासीको जीवनस्तर र जनजीविकामा आमुल परिवर्तन हुने कुरामा दुविधा नै छैन ।

समृद्ध नगर, सुखी नगरवासीको हाम्रो अभियानलाई सफल पार्नका लागि फेरि एक पटक नेकपा एमाले सम्बद्ध उम्मेदवारहरुलाई सूर्य चिन्हमा आफ्नो अमूल्य मतदान गरेर अत्याधिक मत सहित विजयी गराउनका लागि हार्दिक अपिल गर्दछौं ।

महादेब बजगाई नगरप्रमुख पदको उम्मेदवार

जुना चौधरी उपप्रमुख पदको उम्मेदवार

प्रचार प्रसार उपसमिति , नेपाल कम्युनिष्ट पार्टी (एमाले), लम्कीचुहा नगर कमिटी कैलाली

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार