१४ बैशाख २०८१, शुक्रबार

पानी घट्ट लोप हुँदै



डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन्् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन् ।

पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गह“ु कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराका विभिन्न ठाउ“मा सयौंको संख्यामा रहेका पानीघट्ट अहिले प्रयोगबिहीन अवस्थामा रहेको र ती घट्टलाई नया“ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो ।
अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउ“ठाउ“मा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन्् । मिलमा कुटानीपिसानी गरेबापत प्रति किलोको चारदेखि पा“च रुपैया““सम्म रकम दिनुपर्ने पर्दछ ।
अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानीघट्ट चलाउ“दै आएकी गन्यापधुरा गाउपालिका वडा नम्बर ५ का कमला ताम्राकारले बताए ।
घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ । मिलमा भनेकै समयमा कुटानीपिसानी हुने भएकाले पानीघट्ट प्रयोग गर्नको संख्या घट्दै जा“दा घट्ट बन्द गर्नु परेपछि पानीघट्ट लोप हुन लागेका ताम्राकारको भनाइ छ ।
सुदूरपश्चिम पहाडी जिल्ला डडेल्धुरामा करिब १०० पानीघट्ट रहेकामध्ये हाल एक दर्जन मात्र घट्ट सञ्चालन भइरहेका छन्् ।
यस्तै बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सयौं घट्टहरू आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन्् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन्् ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका अधादर्जन घट्ट अहिले बन्द अवस्थामा रहेका अमरगढी नगरपालिका वडा नम्बर ७ का कमल साहुले बताए ।
घट्ट सञ्चालन गर्ने सञ्चालकलाई सुदूरपश्चिमको भाषामा (भग्या) अर्थात पीठो पिसानीपछि पैसाको सट्टा केही भाग पीठो (माना पाथी) माग्ने घट्ट सञ्चालको नाम भग्या भनेर पनि चिनिने नाम अझै छन्् । तर घट्ट भने लोप हुने अवस्थामा पुगिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार