नमस्ते नेपाल मिनीमार्केट माल्टाले सुरु गर्यो निशुल्क डेलिभरी सेवा
(युरोप)/ नमस्ते नेपाल मिनीमार्केट माल्टाले निशुल्क डेलिभरी सेवा सुरु गरेको छ । माल्टाको एमसिदा र हाम्रुन सहरमा संचालनमा रहेको नमस्ते नेपाल मिनीमार्केट माल्टाले आफ्ना ग्राहकहरुको सजिलोको लागि निशुल्क डेलिभरी सेवा सुरु हो ।
विगत पाँच वर्षदेखि मिनीमार्केट संचालन गर्दै आएका नेपालको गुल्मी घरभएका बावु अर्याल र भुवन अर्याल दुई दाजुभाइले नमस्ते नेपाल मिनी मार्केटबाट ग्राहकहरुलाई डेलिभरी सेवा दिन लागेका हुन् । ग्राहकहरुको सहजताको लागि माल्टाभरि नै डेलिभरी सेवा दिन थालेको मार्केटका संचालक बावू अर्यालले बताए ।
आफूलाई चाहिने आवश्यक सामानहरु डेलिभरी गर्न हाम्रुनका लागि संचालक बाबू अर्यालको ३५६७७७८४३५१ र विन्दु अर्यालको मोबाइल नम्बर ३५६ ७७६४४४४१ मा सम्पर्क गरेर डेलिभरीका लागि सामान अर्डर गर्न सकिने नमस्ते नेपाल मिनि मार्केट एमसिदाका संचालक भुवन अर्यालले बताए ।
एमसिदाको लागि आफ्नो मोबाईल नम्बर ं३५६ ९९३८४४७८ मा सम्पर्क गरेर डेलिभरी सेवा लिन सकिने उनले बताएका छन् । ७० युरोभन्दा माथिको सामान अर्डर गरेपछि मात्र निशुल्क डेलिभरी सेवा प्रदान गर्न सकिने अर्यालले जानकारी दिएका छन् । ग्राहकहरुको छिटो छरितो सेवाका लागि नमस्ते नेपाल मिनिमार्केट सधैं गुणस्तरीय सेवा दिन तयार रहेको विन्दु अर्याल बताउछन् ।
प्रवासमा कामगर्न आएका नेपाल लगायत अन्य देशका नागरिकहरु काममा धेरै व्यस्त रहने र उनीहरुको व्यस्ततामा समयको सदुपयोगसंगै सहजता होस् भन्नका लागि (होम डेलिभरी) कोठामै सामान पुगाउने गरेर सेवासुरु गरेको बाबू अर्याल बताउछन् । पाँच वर्षअघि सामान्य लगानीबाट एमसिदामा सुरु गरेको मिनीमार्केटको व्यवसाय फस्टाउदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनि मार्केटको यतिबेला शाखा विस्तार गरेको अर्यालले बताए । नमस्ते नेपाल मिनीमार्केट माल्टालाई माया गर्ने सबैलाई अर्याल दाजुभाइले धन्यवाद दिएका छन् ।
माल्टामा रहेका नेपालीको माग अनुसार पूजाका सम्पूर्ण सामान फूलका माला, दियो नेपाली ढाँका टोपी, राष्ट्रिय झण्डा, नेपाली खकुरी, खादा, दोसल्ला, रुदराक्षको माला र ब्याच मार्केटले उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी फापरको पिठो, मस्ताङको चामल, जुम्लाको मार्सि चामल, बासमती चामल, थकाली मुस्ताङ दाल, मकैको च्याख्ला, सातु, आलु निम्ली, पापड, नेपाली चिउरा, नेपाली चाउचाउ, अकबरे खुर्सानी र टिमुरको अचार, तामाको अचार, पानीपुरी, सिन्की, सिमिको दाल, सुकुटी, नेपाली उत्पादन अचार, मयुरका प्वाँख लगायतका सामानहरु उपलब्ध गराउँदै आएको अर्यालले बताइन ।
नमस्ते नेपाल मिनि मार्केटको सेवाबाट एमसिदा र हाम्रुनमा बस्ने नेपालीहरु खुसी भएको सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिव शिशिर जनालले बताए । रोजगारीको शिलशिलामा ६ वर्षदेखि हाम्रुन सहरमा बस्दै आएका जनालले मार्केटले राम्रो सेवादिदै आएको उनले बताए ।
आफूले नियमित रुपमा नेपाली उत्पादनका सामानहरु उपयोग गर्दै आएको हाम्रुनमा रहेको मार्केटका नियमित ग्राहक लक्षु गिरीले बताए । नेपालबाट युरोपमा नेपाली सामान ल्याएर सेवा प्रदान गरेकोमा खुसी लागेको भन्दै अर्याल परिवारको व्यवहार र कामको गिरीले प्रशंसा गरे । निशुल्क डेलिभरी सेवाले प्रवासी नेपालीलाई थप सहजता मिल्ने उनले बताए ।
अर्याल दाजुभाई व्यवसायमा मात्र नभई सामाजिक कार्यमा पनि सफलहुँदै गएका छन् । दुबैजना दाजभाइले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्षको सफल कार्यकाल सम्हाली सकेका छन् । दाजु बाबु अर्याल गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भइ सकेका छन् भने हाल उनी एनआरएनए माल्टाको सल्लाहकारको भूमिकामा र प्रवासी नेपाली मञ्चको अध्यक्षको जिम्मेवारीमा छन् । भाई भुवन अर्यालले एनआरएनको युरोप क्षेत्रीय सचिवमा समेत रहेर काम गरेर सकेका छन् ।
सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष एवम समाजसेवी दिनेश नागरीले युरोपमा अर्याल दाजुभाईले पसल संचालन गरी नेपाली सामान उपलब्ध गराउनु धेरै ठूलो सफलता भएको बताए । पसलमा केही नेपालीलाई रोजगार समेत दिएका अर्याल दाजुभाई आफ्ना असलकर्म र मिजासिलो व्यवहारले माल्टामा लोकप्रिय बन्दै गएको नागरी बताउँछन् ।
हाम्रुन सहरमै छिट्टै नै नमस्ते हेयर सैलुन एण्ड ब्यूटी पार्लर संचालन गर्न लागेको र काम गर्नको लागि एकजना पुरुष र एक जना महिलाको लागि विज्ञापन गरिएकोले काम गर्न इच्छुकले नमस्ते नेपाल मिनीमार्केटको फेसबुक पेजमा राखेको सूचनाको आधारमा कामका लागि प्रक्रिया पूरा गरेर सम्पर्क गर्न सकिने बाबू अर्यालले बताए ।