२५ मंसिर २०८१, मंगलवार

कैलाली जिससमा निर्विरोध टीकाकुमारीले बनाइन नयाँ इतिहास




धनगढी/ जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी भूल चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनी सुदूरपश्चिम प्रदेशमा जिसस प्रमुख पदमा निर्वाचित हुने पहिलो महिला हुन ।

४९ र ०५४ मा समेत तत्कालिन जिल्ला विकास समितिको नेतृत्व महिलाले पाएका थिएनन भने ०७४ र ०७९ को जिससमा पनि महिलाहरु प्रमुख पदमा पुग्न सेका थिएनन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएर नयाँ इतिहास बनाएकी हुन । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले उनी निर्विरोध भएको पुष्टी गरेको छ ।

बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।

नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा नाउपाकी रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

भूल २०७९ मा भएको निर्वाचनमा कैलारी गाउँपालिका–२ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

टीकाकुमारीले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।

यसअघि जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २३ पुस २०७९ निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार