३० बैशाख २०८१, आईतवार

वडा कार्यालय भवनको शिलन्यास



धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ११ को वडा कार्यालय भवनको सोमबार शिलन्यास गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरेका हुन । ८५ लाख भन्दा बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बा“की वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार