११ श्रावण २०८१, शुक्रबार

देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने, आंशिक काम हुने



काठमाडौं- देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने भएका छन्। 

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कार्यालयहरुले आंशिक काम मात्रै गर्नेछन्।

जग्गा धितो राख्ने जस्ता केही सीमित कामहरु मात्रै कार्यालयले गर्नछन्। साथै, जग्गा रोक्का तथा फुकुवा, करका कामहरु पनि हुनेछन्। तर, जग्गा किनबेचका काम भने हुनेछैनन्।

पछिल्ला दिनमा लकडाउन खुकुलो बनाउँदै लैजाने विषयमा छलफल तीव्र भएको छ। अन्य क्षेत्र पनि खुलाउँदै जाने र लकडाउनको नयाँ शैलीबारे बहस भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार