३ बैशाख २०८१, सोमबार

पश्चिम रुकुम नरसंहार घटना : देशभरी विरोध जारी



धनगढी । गत शनिबार पश्चिम रुकुमको चौरझारीमा पाँच जनाको हत्या र एक जना बेपत्ता भएको घटनाको विरोधमा शनिबार पनि देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

धनगढी, काठामाडौं, लगायतका स्थानमा विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरे । धनगढीमा राष्ट्रिय दलित पत्रकार संघ, सुदूरपश्चिम प्रदेश समितिले रुकुम नरसंहार घटनाका दोषीहरूलाई हदैसम्मको कारवाहीको माग राख्दै “हराएको सरकार खोज्न” दिउसै मैनबत्ती बालेर विरोध प्रदर्शन गरेको छ ।
“सरकार अध्यारोमा कहा“ छ ? उज्यालोमा यहा“ छ”, “सरकार आ“खा खोल” लगायतका नारा लेखिएका प्लेकार्ड सहित मैनबत्ती बालेर धनगढी पार्कचोकमा विरोध प्रदर्शन गरेको थियो ।
सो अवसरमा संघका प्रदेश अध्यक्ष रमा भट्टराई जैरुले सरकारले रुकुम घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना दोहोरिन नदिन सचेत हुनुपर्ने बताइन् ।
जाजरकोटको भेरी नगरपालिका रानागाउका नवराज विकले रुकुम पश्चिम सोतीकी मल्ल थरकी आफनी प्रेमिका भगाउन साथीहरू लिएर गएकोमा उनीहरूमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज सहित उनका चार जना साथी मारिएका छन भने एक जना अझै वेपत्ता छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार