११ श्रावण २०८१, शुक्रबार

किरा परेको राहत चामल प्रकरणमा “ट्विस्ट”



रश्मीले भन्यो– किरा परेको चामल हाम्रो हो

धनगढी । किरा परेको तथा कुहिएको राहत चामल प्रकरणमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्वीकार गरेको छ । बिहीबार रश्मि ट्रेडका सञ्चालक ओम प्रकाश अग्रवालले एक विज्ञप्ती जारी गर्दै धनगढी उपमहानगरपालिकाले वितरण गरेको चामलमा किरा भेटिएकोमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।
सो फर्मले जारी गरेको विज्ञप्तीमा भनिएको छ– किरा फेला परेको १५ किलोको चामलको प्याकेट आफुले उपलब्ध गराएको र त्यसले धनगढी उपमहानगरपालिका, चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंक र नगरवासीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु ।
विज्ञप्तीमा राहत वितरणका लागि ठाकुर ट्रेड लिंकले आपूर्तिको ठेक्का पाएको र आपूर्र्तिकर्तासंग रश्मी ट्रेड कन्सर्नले आधा चामल आपूर्ति गर्नका लागि मौखिम सहमति भएको उल्लेख छ । सो फर्मले किरा परेको एक सय ८५ क्वीन्टल चामल आफूले आपूर्ति गरेको बताएको छ ।
धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाख रुपैयाँमा तीन हजार तीन सय सात क्वीन्टल चामल तथा अन्य राहत सामग्री खरिदका लागि ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार