२ जेष्ठ २०८१, बुधबार

स्कुटर दुर्घटना हुँदा धनगढीमा एक युवकको मृत्यु



धनगढी । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्वर १३ मा म १ प ९३६ नम्वरको स्कुटर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा वडा नम्वर ३ केदार टोलका दिर्घ ऐरीको मृत्यु भएको हो । स्कुटर चालक ऐरी दुर्घटनामा परी घाईते भएपछि चटकपुरस्थित आराधना मेडिकलमा उपचारपछि अवस्था सामान्य भएको भन्दै घर फर्किएका थिए ।

तर राति फेरी स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि निसर्ग अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार