५ जेष्ठ २०८१, शनिबार

यातायात व्यवसायी र मजदुरलाई राहत वितरण



धनगढी । सुन्दर सुदुरपश्चिम यातायात प्रालीद्वारा यातायात व्यवसायी तथा मजदूरहरूलाई राहत वितरण गरेको छ ।

कम्पनीका अध्यक्ष पदमराज सापकोटाका अनुसार प्रालिमा आवद्ध व्ययसायी तथा मजदुर गरि पहिलो चरणमा छ सय जनालाई राहत वितरण गरिएको छ । उनले प्रतिव्यक्ति २० किलो चामल, दुई किलो दाल, एक पोका नुन र एक पोका खानेतेल वितरण गरिएको बताए ।
लामो लकडाउनका कारण दैनिकी चलाउन अफ्ठयारो परेकोले यातायात व्यवसायी र मजदुरहरूलाई राहत वितरण गरिएको कम्पनीका बरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार