५ जेष्ठ २०८१, शनिबार

आत्महत्या दुरुत्साहनको आरोपमा एक पक्राउ



धनगढी । सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले कञ्चनपुर, बेलौरीका एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले एक युवतिलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरेको छ ।
उनले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीको म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरूलाई अश्लील भिडियो र फोटा पठाएर आत्महत्या गर्न बाध्य बनाएको प्रहरीले जनाएको छ ।
प्रेम सम्बन्धमा दरार आएपछि चौधरीले ती युवतीको फेसबुकमार्फत् नै अश्लील भिडियो र फोटाहरू पठाएको पाइएको प्रहरीले जनाएको छ । अश्लील भिडियो र फोटा आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीस्थित सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
सन्तरामलाई अश्लील भिडियो, फोटा र फेसबुक आईडी लग–ईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार