२० बैशाख २०८१, बिहीबार

“आय आर्जन हुन थालेपछि आमाबुवाप्रति माया बढ्यो’



धनगढी । जेष्ठ नागरिकहरूका कारण आयआर्जनमा बृद्धि भएपछि परिवारका सदस्यले आमाबुबालाई माया गर्न थालेका छन् । जेष्ठ नागरिकको अवस्थाबारे नजिकबाट अनुभव गरिरहेकाहरूले आयआर्जनमा बृद्धि भएपछि परिवारका सदस्यहरूमा मायास्नेह बढेको बताए ।
जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले सोमबार धनगढीमा आयोजना गरेको “नेपालमा समावेशी विपद् उत्थानशील प्रयासहरूबाट जोखिमपूर्ण समुदायको पुर्वतयारी स्थिति निर्माण परियोजना” को सिकाई आदानप्रदान कार्यशाला गोष्ठीका सहभागीहरूले भने– यो परियोजनाले कार्यक्रमले आयआर्जन बढाएपछि अभिभावकहरूप्रति परिवारका सदस्यको मायास्नेह बढेको अनुभव भएको छ । सहभागीहरूले परियोजनाले जेष्ठ नागरिकको हेरचाह, सहायता, लगायतका काममा परिवारका सदस्यहरूलाई जागरुक बनाइरहेको चर्चा गरे ।
कार्यशाला गोष्ठीमा सहभागी धनगढी उपमहानगरपालिका वडा नम्बर १५, उर्माको जेष्ठ नागरिक समुहका अध्यक्ष गंगाराम रानाले आफ्नो अनुभव सुनाए– हामीले समूहमा मासिक ५० रुपैया“का दरले बचत गर्ने गरेका छौं । हाम्रो समूहको कोष सात लाख ४० हजार रुपैया“ पुगेको छ । कोषबाट ऋण लिएर आयआर्जन गर्न थालेपछि मेरा छोरा बुहारी खुशी भएका छन् ।
अध्यक्ष गंगारामले जेष्ठ नागरिकप्रति सन्तानको माया बढाउने माध्यम बनेकोले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
नेपालमा समावेशी विपद् उत्थानशील प्रयासहरूबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माण परियोजनाले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा समाजमा पछाडि पारिएका वर्ग, समुदायको क्षेत्रमा काम गर्दै आएको छ । सो परियोजनाको अवधि आगामी मार्च ३१ मा सकिदैछ । फाया नेपालका अनुसार सो परियोजना धनगढी उपमहानगरपालिकाको वडा नम्बर १०, १५, र १८, गोदावरी नगरपालिकाको वडा नम्बर १ र १० तथा गौरीगंगा नगरपालिकाको वडा नम्बर १ र ७ मा सञ्चालन हुदै आएको छ ।
कार्यक्रममा सहभागी पत्रकार मोहन बुढाऐरले केस स्टडीको क्रममा भेट भएका जेष्ठ नागरिकहरूले घर कुरुवा भएको पीडा सुनाएको बताए । पत्रकार बुढाऐरले भने– केस स्टडीका क्रममा भेट भएका जेष्ठ नागरिकहरूले छोराबुहारीले आफूहरूको हेरचाहमा कम ध्यान दिने गरेको, आम्दानी नभएका जेष्ठ नागरिकलाई चिया खर्च समेत नदिने, बुहारीले नाती नातिनासंग खेल्न पनि नदिएको गुनासो गर्नुभएको थियो । तर परियोजना लागू भएका गाउ“का जेष्ठ नागरिकका यस्ता समस्या भने कम भएको पाइएको छ ।
कार्यक्रममा फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले परियोजना सञ्चालन भएपछि जेष्ठ नागरिकहरू संगठित भएको बताए । उनले जेष्ठ नागरिकको आवाज संगठित रुपमा उठाउन संस्था बनेको र जेष्ठ नागरिकहरूले संगठित रुपमा आफ्ना समस्या उजागर गर्नसक्ने भएको बताए । उनले पाँच वर्षको परियोजना अवधि सकिए पनि पुनः नयाँ कार्यक्रम ल्याइने बताए ।
संस्थाका पूर्व अध्यक्ष बस्नेतले परियोजना सञ्चालन भएका तीन वटै स्थानीय तहका प्रत्येक वडामा वडास्तरीय र नगरस्तरीय जेष्ठ नागरिक समूह गठन गरिएको जानकारी दिए ।
जेष्ठ नागरिक समूह समन्वय समिति गौरीगंगाका अध्यक्ष रामसिंह ठकुरीले अझै पनि जेष्ठ नागरिकले सार्वजनिक यातायातमा छुट पाउन नसकेको गुनासो गरे । जेष्ठ नागरिक ठकुरीले स्वास्थ्य संस्था, बसपार्क, बैंक, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थल वा निकायमा महिला र पुरुषको जस्तै जेष्ठ नागरिकका लागि छुट्टै लाईनको व्यवस्था हुनुपर्ने माग गरे ।
परियोजना निर्देशक धर्मराज पाठकले जेष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माणका साथै जेष्ठ नागरिकका समस्या र गुनासोलाई ध्यानमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको चर्चा गरे ।
उनले परियोजना सञ्चालनको समयमा विभिन्न स्थानिय तहहरूसंग समन्वय गरेर जेष्ठ नागरिकका सवालमा योजना तथा बजेट विनियोजन गर्न लगाएको बताए ।
उनले आकस्मिक रुपमा विपत आईपरेमा सहजिकरणको लागि वडाध्यक्षताको संयोजकत्वमा विभिन्न समितीहरू पनि गठन गरिएको बताए । उनले भने– यी समितीहरूले आकस्मिक कोष परिचालन, अन्तर्राष्ट्रिय दिवसहरू मनाउने, समाजमा पछाडी पारिएका, जेष्ठ नागरिक र विपन्न वर्ग सवालमा आवाजहरू उठान मद्दत गरिरहेको छ ।
परियोजना निर्देशक पाठकले भने– परियोजनामा ३० जना बढी जेष्ठ नगरिकलाई विभिन्न आयआर्जनका तालिम प्रदान गरिएको छ । त्यस्तै, २९ जनालाई जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको कसरी हेरचाह गर्ने भनेर तालिम प्रदान गरिएको छ । त्यस्तै रक्तदान कार्यक्रम, सडक नाटक प्रदर्शन, प्राथमिक उपचार, जेष्ठ नागरिकलाई विभिन्न तालिम कार्यक्रम भएका छन् ।
कार्यशाला गोष्ठीमा सहभागीहरूले फाया नेपालले सञ्चालन गरेको सो परियोजनाबाट थुप्रै जेष्ठ नागरिकहरू लाभान्वित भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा सहभागी रामचन्द्र जोशीले फाया नेपालले आगामी दिनमा जेष्ठ नागरिक संगसंगै अपाङगता भएका व्यक्तिका सवालमा काम गर्नुपर्ने सुझाव दिए ।
सुुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर बिष्टले जेष्ठ नागरिकबाट समाजिक मुल्य मान्यता, संस्कृति र परम्परा नया“ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको चर्चा गरे । निमित्त सचिव बिष्टले जेष्ठ नागरिकबाट नया“ पुस्ताले धेरै कुराहरू सिक्नुपर्ने बताए । उनले भने– कुनै पनि संघसंस्थाले कति काम ग¥यौ भन्दा पनि के काम ग¥यौ भन्ने महत्वपूर्ण हुन्छ ।
गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले सो परियोजनाले सिर्जनशिल काम गरेको बताईन् । उनले गैरसरकारी संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदानले राज्यलाई सहयोग पुग्ने गरेको चर्चा गरिन् ।
उपप्रमुख कडायतले संविधानमै उल्लेख भएको जेष्ठ नागरिकको हक बमोजिम गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका सवालमा थुप्रै बजेट तथा योजना विनियोजन गरेको बताइन् ।
उनले जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडामा सहुलियत, सार्वजनिक, सरकारी कार्यालयमा जेष्ठ नागरिकले घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्न गोदावरी नगरपालिका प्रतिवद्ध रहेको बताइन् ।
कार्यशाला गोष्ठी फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको थियो । गोष्ठीको सञ्चालन फाया नेपालका कार्यक्रम अनुगमन तथा मुल्यांकन अधिकृत जयन्ती अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार