१२ श्रावण २०८१, शनिबार

कैलाली सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न



धनगढी । धनगढी उपमहानगरपालिका–१३, स्थित कैलाली सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाको उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष जोशीले वन संरक्षण भएमात्र समाजको विकास हुने बताए ।
उनले वनलाई र त्यहा भएका सम्पती संरक्षण गरेमा दुई दिनमा समाजको परिवर्तन हुनमा वेर नलाग्ने वताए । उनले साधारण सभावाट चुनिएका पधादीकारीहरुले समुहलाई हराभरा वनाउन र उपभोक्ताको हितका निमित्त नया योजना वनाएर काम गर्न समेत अनुरोध गरे ।
साधारण सभामा समाज सेवी प्रेम ठकुल्ला, शिक्षक जयदेव पाण्डेय, पुर्व अध्यक्ष हरिश वोहरा, जनता माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विनोद पन्त, शेर वहादुर चौधरी, वडासदस्य हिरा राना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साथै साधारण सभाले कमल बाेहराको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा मुली राना सचिवमा गिता भट्ट, कोषाध्यक्षमा भोजराज शर्मा, सहसचिव जानकी चन्द र सदस्यमा लालता राना दिपक पाण्डेय, गिरी राज भट्ट, पदम राज भट्ट, मनिसा खत्री, देवसरा विस्ट, जानकी साउद, वसन्ती राना चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार