७ असार २०८१, बिहीबार

राष्ट्रिय स्वाधिनता र अखण्डताका पक्षमा एकजुट बनौं– नेता रावल



डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले मुलुकको राष्ट्रियता, स्वाधिनता तथा अखण्डताका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।
अछामको सा“फेबगरमा शुक्रबार आयोजित सुदूरपश्चिम प्रदेशबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको स्वागत तथा बधाई कार्यक्रममा नेता रावलले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा अखण्डताको रक्षाका लागि सबैले आआफ्नो ठाउबाट योगदान दिनुपर्ने दोहोराए ।
उनले सुदूरपश्चिम प्रदेशमा अझैं पनि कायम रहेको छाउपडी कुप्रथाको अन्त्यका लागि व्यापक जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य तारामान स्वा“रको स्वागतमा विजय ¥याली निकालिएको थियो ।
स्वागत कार्यक्रम नेकपाका नगर इन्चार्ज शिव कुवरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवर, सा“फेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवर, संविधान सभा सदस्य भरत साउद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार