११ श्रावण २०८१, शुक्रबार

फाया नेपालको २५ औं वार्षिकोत्सव



धनगढी । जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालको शुक्रबँर २५ औं ्वार्षिकोत्सव कार्यक्रम भएको छ ।
“समृद्धिका लागि संगसगै” नारा सहित फाया नेपालले शुक्रवार वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा फाया नेपालका कार्यकारी निर्देशक धर्मराज पाठकले “समृद्धिका लागि संगसगै” रणनीतिक नारा बारे चर्चा गर्दै समाजमा विद्यमान सबैखाले विभेदहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि फाया नेपाल अघि बढेको बताए ।
उनले फाया नेपालले मुलतः सीमान्तकृत वर्ग, गरीब, महिला, द्वन्द्वपीडित र अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक तथा समुदायको आधारभूत सार्वजनिक सेवामा पहु“च बृद्धिका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य जीवनकुमार बम र खडक बमलाई सम्मान गरियो ।

सस्थाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष शेरवहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रममा बुद्धीजिवी, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षा अधिकारी, संस्थाका सस्थापक, साधारण, आजीवन सदस्य, पदाधिकारी, कर्मचारीको उपस्थिती थियो ।
वार्षिकोत्सवकोे अवसरमा फाया नेपालले फूलवारी जेष्ठ नागरिक समितीको कार्यालयको लालि अफिस टेबल, कार्पेट, त्रिपाल, म्याट्रीक्स, सेतोपाटी, र बाल्टी,प्रदान गरेको छ ।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय कैलाली, नवजिवन अस्पताल, पद्मा अस्पताल र सेती प्रादेशिक अस्पताललाई माक्स प्रदान गरिएको छ ।
त्यस्तै, गौरीगंगा नगरपालिकाका लिक्मास्थित मुक्त कमैया वस्तीका लागि २२ वटा बाल्टी र मग प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार