१२ श्रावण २०८१, शनिबार

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पन्त



धनगढी । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँस्थित जनता राष्ट्रिय माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयको बिहिबार भएको अविभावक भेलाले विनोद पन्तको अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो । समितिका सदस्यहरुमा विष्णु भट्ट, नेपालु राना, तुलसी ओखडा, राम दुलारी राना लगायत चयन भएको अभिभावक महेश्वर उप्रेतीले जनाए ।
उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर पन्तलाई अध्यक्षमा चयन गरेको बताए । पन्तले विद्यालयमा योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त रहेको अभिभावक दिनेश रानाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार