१० श्रावण २०८१, बिहीबार

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउछौं– मन्त्री ढकाल



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गरिने बताएका छन् ।

‘हामीले संघीय सरकारमार्फत प्रत्येक प्रदेशमा एक अस्पताल र एक स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नीति लिएका छौं बुधबार गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री ढकालले भने–सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नसक्ने यो (गेटा मेडिकल कलेज) मात्र हो ।
कलेजको भौतिक संरचना निर्माणको अवस्था सन्तोषजनक भएको बताए । उनले निर्धारित समयभन्दा अगाडी निर्माण कार्य पुरा भएमा थप आवश्यक रकम निकासा गराउन पहल गर्ने बताए ।
सेवाको क्षेत्रमा अझैं धेरै सुधार गर्नु आवश्यक भएको बताए ।
मेडिकल कलेजको निरीक्षणमा रहेका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शुरुदेखि नै गेटा मेडिकल कलेललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने पहल भएको बताए ।
‘२०६५ सालदेखि नै यो मेडिकल कलेज निर्माण अघि बढेको थियो । त्यसवेला यसलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउनका लागि विधेयकको मस्यौदा पनि तयार गरिएको थियो’ मन्त्री भट्टले भने– तर, २०६८ सालमा संविधान सभा विघटन भएपछि त्यसको काम अघि बढ्न पाएन ।
मन्त्री भट्टले स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि सुदूरपश्चिम प्रदेशका जनता मात्रै नभएर कर्णाली प्रदेशका साथै छिमेकी भारतको नयाँदिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड लगायतका राज्यका मानिस पनि उपचारका लागि आउने सम्भावना रहेको बताए ।
सो अवसरमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले कलेजको आधारभूत भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेकोले अध्यापन कार्य सञ्चालनका लागि यसको प्रतिरुप ‘मोडेल’ को टुङ्गो लगाइनुपर्ने बताए । उनले चालू आर्थिक वर्षभित्र न्यूनतम उपकरणहरू पनि ल्याइसकिने बताए ।
निरीक्षणमा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, पूर्व सभासद हरि श्रीपाईली लगायतको पनि सहभागिता रहेको थियो । मन्त्री ढकालले गेटा मेडिकल कलेजसंगै गेटा आँखा अस्पताल र कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको पनि निरीक्षण गरेका थिए ।

‘आधारभूत काम यसै वर्ष पूरा हुन्छ’

कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अनुसार प्रशासनिक, कलेज र अस्पताल भवनको काम अन्तिम चरणमा रहेको जनाइएको छ ।
प्याकेजमा २६ वटा संरचना निर्माण भइरहेको छ’ गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले बुधबार अनुमोदनसंग भने– भौतिक संरचनाको निर्माण ६५ प्रतिशत भइसकेको छ भने उपकरण सहित प्रगति प्रतिशत ४० प्रतिशत पुगिसकेको छ । उनका अनुसार छात्र र छात्रा आवास, चिकित्सक आवास, कुरुवा घर, शव घर, अक्सिजन प्लान्ट र थप तीन सय सैय्याको अस्पतालको भौतिक संरचना निर्माण कार्य भइरहेको छ ।
मेडिकल कलेजको भौतिक संरचना निर्माणमा पहिलो चरणमा तीन अर्ब ७५ करोड रुपैया“ र दोस्रो चरणका लागि चार अर्ब २५ करोड रुपैया गरिब आठ अर्ब रुपैया“ लागत अनुमान गरिएको छ ।
अहिले पहिलो चरण अन्तर्गत दुई अर्व रुपैया“ खर्च भइसकेको कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ । समितिका इन्जिनियर पवन रावलले आर्थिक वर्ष २०७३÷७४ मा चार करोड, २०७४÷७५ मा ८८ करोड र आर्थिक वर्ष २०७५÷७६ मा ९९ करोड ६० लाख रुपैया“ खर्च भइसकेको जानकारी दिए । त्यस्तै, चालू आर्थिक वर्ष २०७६÷७७ मा एक अर्ब २८ करोड ६८ लाख रुपैया विनियोजन गरिएकोमा छ महिनाको अवधिमा ३० करोड रुपैया खर्च भइसकेको जनाइएको छ ।
सात वटै प्याकेज मध्ये पहिलो प्याकेजमा प्रशासनिक भवनको निर्माण कार्यका लागि तीन पटक म्याद थप गरिएको समितिले जानकारी दिएको छ । सो भवन निर्माण कार्यको समयावधि एक महिना बाँकी छ भने अहिलेसम्म ७० प्रतिशत काम पुरा भएको छ ।
त्यस्तै, दोस्रो प्याकेजमा कलेजको भवन रहेको छ । यो भवन निर्माण कार्यको समायावधि पनि एक महिना बा“की रहदा अहिलेसम्म ९५ प्रतिशत काम पुरा भएको जनाइएको छ । त्यस्तै, तेस्रो प्याकेजमा रहेको तीन सय शैय्याको अस्पताल भवनको समयावधि आगामी असार महिनासम्म रहेको छ भने हालसम्म ८० प्रतिशत काम पुरा भइसकेको छ ।
त्यस्तै, चौथो चरणमा छात्र र छात्राका लागि दुई वटा आवास भवनको काम अहिलेसम्म ८५ प्रतिशत पुरा भइसकेकोे छ । कलेजको सबैभन्दा सुस्त गतिमा चिकित्सक आवास गृहको भवन निर्माण कार्य रहेको छ । पाँचौं प्याकेजका रुपमा निर्माण कार्य शुरु भएको सो भवनलाई असार मसान्तभित्र पुरा गरिसक्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत काम पुरा भएको जनाइएको छ ।
कलेजको छैठौं प्याकेजका रुपमा कुरुवा घर, शव गृह, अक्सिजन प्लान्ट, गेट, लौण्ड्री, अटोक्लिप लगायत रहेका छन् । यो प्याकेजअन्तर्गत ८० प्रतिशत काम पुरा भइसकेको निर्माण समितिले जनाएको छ ।
त्यस्तै, सातौं प्याकेजमा थप तीन सय शैय्याको अस्पताल भवन निर्माण रहेको छ । यसको निर्माण कार्य अहिलेसम्म ७० प्रतिशत पुरा भइसकेको जनाइएको छ ।
सो मेडिकल कलेजको २०६५ सालमा प्रतिष्ठान स्थापना गर्न पहल शुरु भएपछि २०७१ सालमा मेडिकल कलेजका रुपमा प्रशासनिक भवनको बोलपत्र आह्वान गरिएको थियो ।
रुख रहेका क्षेत्रमा भवन परेपछि दुई वर्षसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । समितिका अध्यक्ष चेतराज पन्तले मेडिकल कलेजको भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको जानकारी दिए । उनले अहिले भौतिक संरचना निर्माण कार्य तीब्र रुपमा अघि बढेको भए पनि यस वर्ष हिउँदे वर्षाका कारण समस्या थपिएको बताए । अध्यक्ष पन्तले भने– हिउ“दे वर्षाले इट्टा भट्टामा क्षति पु¥यायो । इट्टा पाउनै मुस्किल भएपछि प्रदेशबाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको छ ।

स्वायत्त प्रतिष्ठानका रुपमा अघि बढाइनुपर्छ– सरोकारवालाहरू

सुदूरपश्चिम प्रदेशका राजनीतिज्ञ तथा विज्ञहरूले निर्माणाधीन गेटा मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानका रुपमा अघि बढाउनुपर्ने माग गरिरहेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माणाधीन गेटा मेडिकल कलेजसहित पा“च वटा कलेजलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउन विधेयकको मस्यौदा तयार गरेपछि सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरूले स्वायत्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्नुपर्ने माग दोहोराएका छन् ।
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले समेत गेटा मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानका रुपमा अघि बढाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सुझाव दिए ।
गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक साउ“दले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा गेटालाई अघि बढाउने ‘मोडेल’ तयार गरेको जानकारी दिए । ‘अहिले मन्त्रालयले सो विधेयकमाथि राय सुझाव लिन अर्थ तथा कानुन मन्त्रालयमा पठाएको छ’ उनले भने ।
उनले एकिकृत प्रतिष्ठान खर्चिलो र झन्झटिलो हुने भएकाले स्वायक्त प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिए । उनले भने– संघीय सरकारलाई नियन्त्रण, नियमन र अनुगमन गर्न पनि गाह्रो हुन्छ ।

मन्त्रीलाई प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी

यसैबीच, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाललाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टले मन्त्रालयले तयार पारेको स्वास्थ्य अवस्थाबारेको प्रतिवेदनमार्फत संघीय स्वास्थ्य मन्त्री ढकाललाई प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।
मन्त्रिपरिषदको प्रतिवद्धता, संघीय र प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था, मन्त्रालयले गरेका मुख्य स्वास्थ्य सम्बन्धी कार्यहरू, संघीय सरकारबाट अपेक्षा र प्रादेशिक आयुर्वेद चिकित्सालय सम्बन्धि गतिविधी उल्लेख भएको प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव बिष्टले जानकारी दिए ।
बिष्टका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशमा स्वास्थ्य सेवातर्फ एक अर्ब १९ करोड ३९ लाख ४८ हजार रुपैया विनियोजन गरिएको जानकारी दिए ।
सचिव बिष्टका अनुसार प्रदेश सरकारले कुल बजेटको आठ दशमलव ७५ प्रतिशत र सामाजिक विकास मन्त्रालयले आफ्नो कुल बजेटको ३६ प्रतिशत बजेट स्वास्थ्य सेवा क्षेत्रमा विनियोजन गरेको छ ।
उनले अक्सिजन प्लान्ट खरिद एवं जडान, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, विशेषज्ञ स्वास्थ्य शिविर, प्रजनन् स्वास्थ्यसंग सम्बन्धित महिलाहरूको स्वास्थ्य समस्याको निदान तथा उपचार शिविर, जटिल प्रसुती र जटिल दुर्घटना÷सर्प दंश हवाई उद्दार, स्वास्थ्य सम्बन्धि भवन निर्माण लगायत मन्त्रालयले गरेका मुख्य गतिविधि रहेको बताए ।
उनले मन्त्रालयको स्वास्थ्य सेवा तर्फको छुट्टै सचिव सहितको दरबन्दी थप गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयलाई प्रादेशिक स्वास्थ्य विभागमा परिवर्तन गरी विभागीय प्रमुखको अधिकार प्रदान गरिनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिनुपर्ने, प्रदेश स्तरमा औषधि व्यवस्था विभागको संरचना तयार गरिदिनु पर्ने, स्याटलाईट ट्रमा सेन्टरको व्यवस्था गरिनुपर्ने, सरकारी स्तरमा लागु औषध पुनस्र्थापना केन्द्र निर्माण एवं संचालन गरिनुपर्ने, सेती र डडेल्धुरा अस्पताललाई तीन सय शैयामा स्तोरन्नती गरी विशिष्टिकृत सेवा प्रदान गरिनुपर्ने लगायतका माग प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार